शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा माघ तीनदेखि कोरोना खोप अभियान सुरु

भारतमा माघ तीनदेखि कोरोना खोप अभियान सुरु

नागरिक पाटी

२५, पौष २०७७
  • 6.7K
    SHARES
  • भारतमा माघ तीनदेखि कोरोना खोप अभियान सुरु

    काठमाण्डौं । भारत सरकारले आगामी ३ माघदेखि खोप अभियान सुरु गर्ने भएको छ । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा कोभिड १९ महामारीको पछिल्लो अवस्थाबारे समीक्षा गर्न बसेको उच्च सरकारी अधिकारीसहितको बैठकले उक्त निर्णय लिएको हो ।

    images
    images

    भारत सरकारले आगामी जुलाईसम्म ३० करोडलाई खोप लगाउने घोषणा पहिले नै गरिसकेको छ । जसअन्तर्गत पहिलो चरणमा भने कोरोना भाइरसविरुद्धको खोप देशभरि नै निस्शुल्क उपलब्ध हुने जनाइएको छ । त्यही पहिलो चरणको खोप अभियानको सुरुआत ३ माघदेखि गर्न लागिएको हो ।

    पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाहरुलाई कोरोना खोप लगाइने भएको छ । त्यसपछि ५० वर्षभन्दा बढी उमेरका र जटिल स्वास्थ्य भएकाहरु गरी करिब २७ करोडलाई खोप लगाउने योजना रहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - १९:१६:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology