काठमाण्डौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । प्रतिस्पर्धा गरेका ४ जनालाई पछाडी पार्दै खतिवडालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।
माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कुमारी बैंकका पूर्व कामु प्रमुख कार्यकारी अधिकृत राजिव गिरि, नबिल बैंकका पूर्व नायव महाप्रबन्धक रमेश लोहनी र नबिलकै कृष्ण भट्टराई लगायतले प्रतिस्पर्धा गरेकोमा खतिवडालाई सञ्चालक समितिले सीईओ नियुक्त गरेको हो ।
पेसाले चार्टर्ड एकाउन्टेन्ट खतिवडासँग एचआइडीसीएलको वित्त विभाग प्रमुख, एनआइबीएल एस क्यापिटल, विद्युत नियमन आयोगका सदस्य , लगानी बोर्डको परामर्शदाता भएर काम गरेको अनुभव छ।
बैंकको यसअघिका प्रमुख कार्यकारी अनिल ज्ञवाली २ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि सो पद खाली थियो । यसैबिच बैंकले माघ २ देखि ८ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न तयारी गरिरहेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरिसकिएको छ। बैंकले निष्कासन गर्न लागेको आईपीओ हालसम्मकै ठूलो आईपीओ हो ।