आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इन्फ्रास्ट्रकचर बैंकको आईपिओ पहिलो दिन कति बिक्यो ?

इन्फ्रास्ट्रकचर बैंकको आईपिओ पहिलो दिन कति बिक्यो ?

नागरिक पाटी

३, माघ २०७७
  • 8.8K
    SHARES
  • इन्फ्रास्ट्रकचर बैंकको आईपिओ पहिलो दिन कति बिक्यो ?

    काठमाण्डौँ । शुक्रबारबाट सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा पहिलो दिन नै ४१ प्रतिशत आवेदन परेको छ । बिक्री प्रबन्धकका अनुसार बैंकको शेयरमा शुक्रबार ४ बजेर ४० मिनेट जाँदा २ लाख ८५ हजार आवेदकले ३ करोड ७० लाख कित्ताको लागि आबेदन दिएका छन् ।

    images

    बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो । जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - ०८:४७:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology