गजुरी धादिङ । बाल विकास कक्षाका बालबालिकालाई उमेर अनुसारको खेलकुद ,स्टेसनरी सामाग्री प्रदान गरिएको छ । मंगलबार गजुरी गाउँपालिका वडा नं १ को आमादामारा बिद्यालयका २८ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई कापी , कलर ,पेन्सिल,ईलेजर , भाँडाकुटि सेट,रबर बल,प्लास्टिक बल,साईनपेन , मडलिङ क्ले,कथाको पुस्तक ,लर्निङ मेसिन ,स्कले लगायत प्रति बालबालिका १ हजार ५ सय बराबरको सामाग्री सहयोग गरिएको हो ।

पत्तालीनी आधारभुत विद्यालयका प्रधानाध्यापक हरी बहादुर श्रेष्ठको अध्यक्षता तथा प्लानेट ईन्फान्ट एन्ड डेभलपमेन्टका नेपाल प्रमुख माया भर्बिष्ट, नेपाल प्रतिनिधि बुद्धिकुमार श्रेष्ठ,प्रयास नेपालका कार्यकारी निर्देशनक दामोदर अर्यालको बिशेष उपस्थितिमा बालबालिकाहरुलाई सहयोग कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाको स्थापना कालदेखि नै बालबालिका र शिक्षाको क्षेत्रमा कार्यरत प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा संचालित बाल विकास कार्यक्रम अन्तरगत बाल विकास कक्षाका सामाजिक , आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि सामाग्री सहयोग गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।

बालबालिकाहरुको मस्तिष्कको ९० प्रतिशत विकास यहि बाल विकासको उमेर ५ बर्ष हुने भएकोले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनु भयो ।
तात्कालिन रुपमा कोभिड कारण लामो समय पछि बिद्यालय संचालन हुँदै गर्दा राहतको रुपमा मंगलबार पतलिनी आधाभुत बिद्यालय गजुरी वडा नं १ आरामाराका बाल विकासका बालबालिकालाई सहयोग गरिएको कार्यक्रम संयोजक सहदेव पण्डितले जानकारी दिनु भयो । बाल बिकास सहजकर्ता देवकी श्रेष्ठले अहिले बालबालिकाले प्राप्त गरेको शैक्षिक तथा खेलकुद सामाग्रीले बालबालिकामा सिकाई वातावरण सिर्जना गर्न तथा सहजिकरणमा सहयोग पुग्ने बताउनु भयो ।