शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाविरुद्धको १० लाख डोज खोप भारतद्वारा नेपाललाई हस्तान्तरण

कोरोनाविरुद्धको १० लाख डोज खोप भारतद्वारा नेपाललाई हस्तान्तरण

नागरिक पाटी

८, माघ २०७७
  • 6.3K
    SHARES
  • कोरोनाविरुद्धको १० लाख डोज खोप भारतद्वारा नेपाललाई हस्तान्तरण

    काठमाडौं । नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज काठमाडौं आइपुगेको छ। आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट खोप आएको हो । यी खोपहरु आजै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको छ।

    images
    images

    यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको कोरोना विरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मी लगायत सफाइकर्मीहरुलाई दिइने जानकारी दिनुभयो ।

    नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिने तयारी सरकारले गरेको छ । सरकारले खोप आएको सात दिनमा खोप लागाउने व्यवस्था गरेको र खोपका लागि आवश्यक कानुनी ,आर्थिक र प्राविधिक तयारी पुरा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।तस्बिर: नेपाल टेलिभिजनबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १३:२३:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology