नयाँ दिल्ली । छिमेकी देश भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदैछ । २६ जवनरी अर्थात् ७२ औं गणतन्त्र दिवस भारतले आज देशभर भव्य रुपमा मनाउने तयारी गरेको छ । यस अवसरमा केन्द्रीय राजधानी दिल्लीमा सैन्य परेड र सांस्कृतिक झलक प्रदर्शन गरिंदैछ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन् । यस्तै पहिलोपटक भारतीय सेनाले राफेल लडाकू विमानका साथ टी–नाइन्टी ट्याङ्क, समविजय इलेक्ट्रोनिक युद्धक प्रणाली, सुखोई–थर्टी एमके आई लडाकु विमानसमेत प्रदर्शन गर्ने जनाएको छ ।
सुरक्षा व्यवस्था कडा बनाइएको छ। यसअघि कुनै देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने गरिएकोमा यसपटक कसैलाई पनि निम्त्याइएको छैन।