हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ आइपुगेको छ । बागमती प्रदेशका करिब ६३ हजार जनालाई पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाइने तयारी भएको छ ।
पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयं सेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने तयारी भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक रमेश अधिकारीले जानकारी दिए ।