आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

निफ्राको आईपीओ ५० कित्तासम्म मागअनुसार नै पाउने, ६० कित्ता कतिले पाउँछन् ?

निफ्राको आईपीओ ५० कित्तासम्म मागअनुसार नै पाउने, ६० कित्ता कतिले पाउँछन् ?

नागरिक पाटी

१४, माघ २०७७
  • 8.1K
    SHARES
  • निफ्राको आईपीओ ५० कित्तासम्म मागअनुसार नै पाउने, ६० कित्ता कतिले पाउँछन् ?

    काठमाण्डौँ । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को आईपीओ ५० कित्ता माग गर्नेलाई माग अनुसार नै पाउने भएका छन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बुधबार सम्पन्न भएको प्रि अलटमेन्ट अनुसार १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको छ ।

    images

    यसरी बाँडफाँड गरी बाँकी रहन आएको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ६० कित्ता वा सोभन्दा बढी कित्ताका लागि माग गर्नेमध्येबाट गोलाप्रथाबाट थप १० कित्ताका दरले बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।

    यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाउने भएका छन् । अन्य बाँकीले अधिकतम ५० कित्तासम्म शेयर पाउनेछन् ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - १७:५०:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology