शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरको हाँडीखोलामा मुख्यमन्त्री पौडेलद्वारा पक्कीपुलको शिलान्यास

मकवानपुरको हाँडीखोलामा मुख्यमन्त्री पौडेलद्वारा पक्कीपुलको शिलान्यास

नागरिक पाटी

१५, माघ २०७७
  • 7.3K
    SHARES
  • मकवानपुरको हाँडीखोलामा मुख्यमन्त्री पौडेलद्वारा पक्कीपुलको शिलान्यास

    मनहरी,मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ३ स्थित हाँडीखोलामा आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुल शिलान्यास गरेका छन् ।

    images
    images

    143881710_325325178865201_4169177458698027544_n.jpg
    मनहरी गाउँपालिकामानै कती धेरै काम भएको छ हेर्नका लागि उनले आग्रह गरे । अहिले वन्दै गरेको पुल निर्माणका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताए । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री पौडेलले मनहरी गाउँपालिकाले विकास निर्माणका कामलाई तीब्रता दिएकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकारको तर्फबाट पनि आवश्यक सहयोग गर्ने बताए ।उनले उक्त पुल निर्माणको लागि चालु आर्थिक वर्ष ०७७।७८ मा १ करोड ५० लाख रुपैयाँ प्रदेश सरकारको तर्फबाट सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

    जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले पुल निर्माणको काम तोकिएको समयमै सम्पन्न गर्न मनहरी गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायीलगायत सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन ।

    142818504_321190455951407_6190903234352246943_n.jpg

    कार्यक्रमका सभाध्यक्ष एवम् गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले चालु आर्थिक वर्षमा उक्त पुल निर्माणको लागि लागि ५ करोड ३५ लाख ५१ हजार ५२५ रुपैयाँ बजेट विनियोजन गरिएको र निर्माण व्यवसायीबाट पनि तोकिएको समयअगाबै पुल निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता प्राप्त भएको बताएका छन् ।खबर ब्रेकको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - २१:३१:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology