काठानण्डौं । आज बुधबार सेयर बजारको परिसूचक नेप्सेले २५ सय अंक पार गरेर फर्किएको छ। बजार बन्द हुँदा भने परिसूचक अघिल्लो दिनको तुलनामा ६.८ अंकले घटेको छ।
हिजो नयाँ रेकर्ड बनाएको परिसूचकमा आज सामान्य सुधार देखिएको हो। नेप्से बुधबार २४६६ अंकमा कायम भएको छ। कारोबार सुरु भएको २ मिनेटपछि नै परिसूचक २५ सय माथि पुगेको थियो। ११ बजेर ९ मिनेट जाँदा २५१९ अंकसम्म पुगेको बजार त्यसपछि दिनभर उतारचढावमै रह्यो। अन्ततः कारोबार बन्द हुँदा बजार सामान्य अंकमा घट्न पुगेको हो।