कविता
निरन्तर सत्य देखिरहेछ
फेरि निरन्तर असत्य देखिरहेको छ
चोर देखेको छ झुट देखेको छ
हिजोसम्म हासो
आज फूट देखिरहेको छ
ज्वाराभाटका लप्काहरु फ्याक्दै
सबै देखिरहन्छ
चिहान!!!!
भ्रष्टाचार धेरै देख्यो
कुहिएका दुर्गन्ध
शरीर धेरै देख्यो
पट्पटी टाउको फुटेर
रक्तस्राव देह धेरै देख्यो
भर्खर जन्मिएको शिशुदेखी
वयोवृद्ध तनहरु झन्झन् धेरै देख्यो
अझै देख्न प्रतीक्षारत छ
चिहान!!!
लडेर सकिएको
सडेर सकिएको
बढेर सकिएको
चढेर सकिएको
र क्रमशः जीन्दगी पढेर सकिएको
रिसले सकिएको
औषधीले सकिएको
सकिरहेको बीच अर्को सक्न
बिना संकोच बसिरहेको
चिहान!!
उ कुर्दै छ
फैलिएको आकाश झैँ
क्षितिजको सीमा झैँ
निरन्तर आइरहेका
भाव सकिएका लाशहरु
र जलिरहेका छन्
असत्यका सत्यहरु
चोरका चतुर्याइँ हरु
भ्रष्ट का आचारहरु
आमाका वेदनाहरु
आफन्तका मोहहरु
धनका धनीहरु
धन नभएका गरिबहरु
छट्पटाएका बिरामीहरु
धुवाँको लप्काहरु सँगै खरानी बनाउन
अझै कुरिरहन्छ
अखण्ड काल पर्खदै
चिहान!!!