काठमाण्डौँ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले माघ २३ गते शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पननीले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ मूल्य बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर ९आईपीओ० निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले प्रकाशन गरेको विवरणपत्र अनुसार कुल निष्काशित शेयरमध्ये दुई प्रतिशतले हुन आउने ६९ हजार ९२८ कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने १ लाख ७४ हजार ८२० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर खरीदका लागि सर्वसाधारणहरुबाट आवेदन माग गरिएको छ ।
कम्पनीको प्रवन्धपत्र र नियमावली अनुसार जारी पूँजीको २० प्रतिशत शेयर मध्ये सञ्चालक समितिको निर्णय अनुसार उद्योग प्रभावित क्षेत्र (आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीय) मा स्थायी बसोवास गर्ने बासिन्दाहरुलाई लगायत कर्मचारी निष्काशन तथा बिक्री वितरण गरिसकेको छ । स्थानीयबाट अवितरित शेयर सहित बाँकी शेयर सर्वसाधारणमा निष्काशन गरिएको हो ।
ग्रीन लाइफको साधारण शेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका अलवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयरको वेव पोर्टल तथा मोेबाइल एपबाट पनि आईपीओमा आवेदन दिन सकिन्छ ।
ग्रीन लाइफको आईपीओमा लगानीकर्ताले माघ २२ गतेदेखि छिटोमा माघ २७ गतेसम्म र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।
निष्काशित सबै शेयरको लागि पहिलो चरणमा माग नभएको खण्डमा मात्र ढिलो मितिसम्म निष्काशन खुला हुनेछ भने सम्पूर्ण शेयरका लागि माग भएमा भने छिटो मितिमा नै सार्वजनिक निष्काशन बन्द हुनेछ । शेयर बिक्री नभएमा भने आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको कम्पनीले जानकारी दिएको छ ।