काठमाडौं । माघ २७ गते मंगलबार ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन हो । कम्पनीले माघ २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गरेको छ । विक्री खुला भएको तेस्रो दिन आइतवारसम्म कम्पनीको आईपीओमा ८ लाख बढि आवेदकले आवेदन दिएका छन् ।
१ करोड ४८ लाख ८५ हजार ३१० कित्ताको खरीद माग भएको छ । जुन मागभन्दा ४ दशमलव ५८ गुणा बढी हो । उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।