शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समुदायको पहलमा सुरक्षीत पानीका लागि फिल्टर वितरण कार्यक्रम

समुदायको पहलमा सुरक्षीत पानीका लागि फिल्टर वितरण कार्यक्रम

उद्धव चेपाङ

२८, माघ २०७७
  • 10.0K
    SHARES
  • समुदायको पहलमा सुरक्षीत पानीका लागि फिल्टर वितरण कार्यक्रम

    गजुरी । गजुरी गाउँपालिका वडा नम्वर १ केउरिनिमा पानी शुद्दिकरणका लागि फिल्टर वितरण तथा समुहको साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केउरीनी सामुदायिक संस्थाको ६ लाख ४ हजार १ सय ४१ रुपैयाँ बराबरको आर्थिक श्रोत रहेको आय व्यय विवरण प्रस्तुत गरिएको थियो ।

    images
    images

    148189209_340057327201788_8973141816139242259_n.jpg

    सरसफाइ र स्वच्छतामा एक कदम अघि सरि, सधै सुरक्षित पानी पिउछौ हामी गावैभरी “ भन्ने मुल नाराका साथ फिल्टर वितरण कार्यक्रम भएको थियो । स्थानीय समुदायिक संस्था केउरीनी सामुदायिक संस्थका अध्यक्ष टिकाकुरमाी बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नेत्र खनाल, शान्ति नेपालका परियोजना संयोजक लाल प्रसाद पोखरेल, सदभाव गरिबि निवारण सहकारी संस्थाका व्यवस्थापक वासुदेव सुवेदी, कंकाल्नी आधारभुत प्राथमिक विद्यालयका प्रधानाध्यापक रामकृष्ण पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

    केउरीनी सामुदायिक संस्थाको अगुवाईमा २९ घरधुरी सबैमा फिल्टर खरिद गरी सुरक्षीत पानी पिउने प्रतिवद्दता सहित फिल्टरको विरण गरिएको हो । पुर्ण सरसफाइ निर्देशिका २०७३ अनुसार सन २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ । यसै गरी जिल्ला समन्वय समिती धादिङको समन्वयमा जिल्लाका १३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य र घोषणा रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १९:२५:४८ बजे

    उद्धव चेपाङ

    पत्रकार तथा सञ्चारकर्मी चेपाङ नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology