धार्के । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ को चार किला एभरेष्ट पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटना स्थालमै मृत्यु भएको छ । गल्छि तर्फबाट काठमाण्डौ तर्फ जादै गरेको बा प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउदै गरेको ना १ क ६५४७ नम्बरको टक सगं ठोक्किएर अनियन्त्रि भएर दुर्घटना हँदा मोटरसाइकलमा एकाशि आगोलागि भएको थियो ।
आगोलागि हुँदा मोटरसाइकलमा सवार दुबै जनाको घटनास्थालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृत्यु हुने डा. सुरेश अधिकारी रहेका छन भने उनको ठेगाना खुलेको छैन । अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।