आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार आइतबारदेखि हुने

इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार आइतबारदेखि हुने

नागरिक पाटी

२९, माघ २०७७
  • 5.2K
    SHARES
  • इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार आइतबारदेखि हुने

    काठमाण्डौँ । नेपाल इन्फ्रास्टक्चर बैंकको २० करोड कित्ता सेयर बिहीबार सूचीकृत भएको हो । यसको सेयर कारोबार अब आइतबारबाट हुनेछ । सूचीकरण भएको दोस्रो दिनबाट कारोबार हुने नेप्सेले जनाएको छ । आज साताको अन्तिम कारोबार दिन हो । शुक्रबार नेप्से कारोबार हुँदैन । यसकारण पनि आइतबारबाट सेयर कारोबार हुनेछ ।

    images

    नेपालको इतिहासमै सबैभन्दा ठुलो आईपीओ जारी गरेको इन्फ्रास्टक्चरको पुँजी २० अर्ब पुगेको छ । बैंकले ८ अर्बको आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । आवेदन दिएका सबैले ५० कित्ता र केहीले गोलाप्रथाबाट ६० कित्ता सेयर हात पारेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - १७:२१:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology