काठमाडौँ र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ खरिदका लागि आवेदन दिने समय भोलिसम्म मात्रै रहेको छ । यसअघि कम्पनीले माघ ३० गतेदेखि निष्कासन तथा बिक्रि खुल्ला गरेको आईपीओमा फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने व्यवस्था गरेकोमा एक दिन सार्वजनिक बिदा परेकाले समय थप गरिएको हो ।
समय थप गरेसँगै कम्पनीको उक्त आइपिओमा फागुन ५ गते अर्थात भोलि बुधबारसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सूचना अनुसार ढिलो मिति फागुन १४ गतेसम्म आवेदन दिन सक्ने भए पनि उच्च संख्यामा आइपिओ खरिदका लागि माग भएको कारण आइपिओ भर्ने अवधि भोलिसम्म मात्रै हुने निश्चित भएको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलवार साँझ ५ बजेसम्म उक्त आइपिओ खरिदका लागि मंगलवारसम्म १४ लाख ४४ हजार ५८८ जनाले २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका शेयर खरिदका लागि आवेदन दिएका छन् ।

कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । प्रतिकित्ता एक समय रुपैयाँ अंकित दरको कुल ४ लाख कित्ता आइपिओमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
आइपिओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गरेर आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको चुक्तापूँजी ६ करोड रुपैयाँ रहेको छ भने आइपिओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ ।