धादिङ । थाक्रे २ सिम्लेमा रहेको सिम्ले महाकाली बहुमुखी क्याम्पसको अध्यक्षमा अम्बिका रुपाखेती चयन हुनुभएको छ । क्याम्पसको दोश्रो क्याम्पस सभाबाट रुपाखेतीलाई संचालक समितिको अध्यक्षमा चयन गरिएको हो ।
समितीको सदस्यहरुमा शिव प्रसाद रेग्मी, श्यामसुन्दर थापा, सीता रिजाल, राम प्रसाद पौडेल चयन हुनुभएको छ । यस्तै सुदर्शन रेग्मी, मीना सुवेदी, धुर्व दाहाल र भुवलाल वि.क. पनि सदस्यमा चयन हुनुभएको छ । यस अघि क्याम्पस संचालक समितिको अध्यक्षमा गोपीकृष्ण रिजाल हुनुहुन्थ्यो ।