शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतका १ करोड भन्दा बढी नागरिकले लगाए कोरोना विरुद्धको खोप

भारतका १ करोड भन्दा बढी नागरिकले लगाए कोरोना विरुद्धको खोप

नागरिक पाटी

७, फाल्गुण २०७७
  • 8.4K
    SHARES
  • भारतका १ करोड भन्दा बढी नागरिकले लगाए कोरोना विरुद्धको खोप

    रासस

    images
    images

    नयाँ दिल्ली । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

    यहाँ कोरोना भाइरस संक्रमितको सङ्ख्या हिजो बिहीवारसम्म एक करोड ९ लाख ६३ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार १९३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड ९ लाख ६३ हजार ३९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हिजो शुक्रवार जनाएको छ ।

    भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण ९७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार १११ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ६७ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ३९ हजार ५४२ जना सक्रिय संक्रमित रहेका छन् ।

    भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीवार १३० जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको छ । बिहीवार कोभिड १९ बाट दुई व्यक्तिको मृत्यु भएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधवारसम्म देशभर २० करोड ९४ लाख ४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीवार एकै दिनमा मात्र सात लाख ७१ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।एजेन्सी

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - १८:०२:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology