आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ज्योति लाइफलाई ६६ करोडको आइपिओ जारी गर्न स्वीकृति

ज्योति लाइफलाई ६६ करोडको आइपिओ जारी गर्न स्वीकृति

नागरिक पाटी

९, फाल्गुण २०७७
  • 5.4K
    SHARES
  • ज्योति लाइफलाई ६६ करोडको आइपिओ जारी गर्न स्वीकृति

    काठमाण्डौँ । प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। कुल चुक्ता पुँजीमा कम्पनीले ३० प्रतिशत साधारण सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृति पाएको हो।

    images

    अंकित मूल्य १ सयको दरमा कम्पनीले कुल ६६ लाख कित्ता अर्थात ६६ करोड रुपैयाँको आइपिओ निष्कासन गर्नेछ। यसको बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल छ। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी पछिबाट खुलेको बीमा कम्पनी हो। नयाँ कम्पनीमध्ये प्रभु र रिलायन्स लाइफले यसअघि नै आइपिओ जारी गरेका छन्।

    पछिबाट खुलेका कम्पनीहरु आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - १७:३७:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology