सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो

नागरिक पाटी

११, फाल्गुण २०७७
  • 4.4K
    SHARES
  • सेयर बजारमा पहिरो
    images

    काठमाडौं । मंगलबार प्रि–ओपन सेसनमा बढेर खुले पनि नियमित कारोबार सुरु भएसँगै सेयर बजारमा पहिरो गएको छ । कारोबार सुरु भएको दुई घण्टा बित्दा बजार परिसूचक नेप्सेमा ८७.४९ अंकको पहिरो जाँदा २५२०.१७ अंकमा झरिसकेको छ ।

    images

    संसद् विघटनको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा बहस सकिसकेको अवस्थामा सर्वोच्चको निर्णयपछि राजनीतिमा हुनसक्ने अनेक अड्कलबाजी र हल्लाले गर्दा सेयर बजार प्रभावित भएको छ । नेप्सेमा सबै उपसूचक रातम्यै हुँदा कारोबारमा आएका चार कम्पनीबाहेक सबैको सेयर मूल्य घटेको छ ।

    हल्लाकै भरमा लगानीकर्ता बजारबाट बाहिरिन खोज्दा कारोबार सुरु भएको दुई घण्टामै ५ अर्बमाथिको कारोबार भएको छ । दिउँसो १ बजेसम्म ५४० हजार ८३७ कारोबारमा १९८ कम्पनीको ९७ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोडको कारोबार भएको छ ।

    अन्य र हाइड्रोपावर उपसूचक ४ प्रतिशतमाथिको पहिरो जाँदा बैंकिङ, जीवन र निर्जीवन बिमा, वित्त कम्पनी उपसूचक ३ प्रतिशत र विकास बैंक उपसूचकमा साढे ३ प्रतिशतमाथिको पहिरो गएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १३:४७:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology