काठमाडौं । महिला लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । यसमा ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको थियो भने आवेदकमध्ये १४ लाख ९९ हजार १ सय ८२ जनाको हात खाली भएको छ ।
कुल १५ लाख ३६ हजार ६ सय ८२ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको हो । महिलाले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।