शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न, सभा मार्फत विभिन्न विधेयक र प्रस्तावहरु पारित

थाक्रे गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न, सभा मार्फत विभिन्न विधेयक र प्रस्तावहरु पारित

आशिष ठकुरी

१४, फाल्गुण २०७७
  • 10.2K
    SHARES
  • थाक्रे गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न, सभा मार्फत विभिन्न विधेयक र प्रस्तावहरु पारित

    महादेववेशी । धादिङको थाक्रे गाउँपालिकाले आज (शुक्रबार) आठौँ गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा गरिएको गाउँसभा मार्फत बजेट कार्यान्वयनको अवस्थाको बारेमा प्रगती समिक्षा सहित विभिन्न विधेयक र प्रस्ताव पारित गरिएको हो । सभामा चालु आर्थिक वर्षको कुल पुँजिगत खर्च रकम ४७ करोड ४९ लाख ७ हजार मध्ये हालसम्म १० करोड ७ लाख ६५ हजार खर्च भएकोमा पुँजिगत तर्फ ३७ करोड ४१ लख ४१ हजार रुपैँया मौज्दात रहेको जानकारी गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले गराउनुभएको छ ।

    images
    images

    Ram Kumar Acharya.jpg

    यसैगरी विनियोजित कुल चालु खर्च रकम १८ करोड ४७ लाख ७३ हजार मध्ये हालसम्म ८ करोड ७२ लाख ३६ हजार रुपैँया खर्च भएको छ । चालु खर्च तर्फ मौज्दात रकम ९ करोड ७५ लाख ३६ हजार रुपैैँया रहेको सभामा जानकारी गराईएको छ ।

    सभामा चालु आर्थिक वर्षको माघ मसान्त सम्म भौतिक पुर्वाधार विकास तर्फ २३५ वटा योजना रहेकोमा ८४ वटाको सम्झौता र ५४ वटाको अन्तिम भुत्तानी भईसकेको जानकारी गराईएको छ ।

    यस्तै सभामा शशर्त र चालु अनुदान, सँघिय तथा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमका साथै गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषी, पशु, महिला तथा बालबालिका शाखा सँगै सामी परियोजना अन्तर्गत विभिन्न योजना र योजनाको कार्यान्वयन चरण तथा सम्पन्नको अवस्थाको विषयमा जानकारी गराईएको छ ।

    Thakre Gaunpalika.jpg

    यस्तै सभा मार्फत विभिन्न १० वटा विधेयक र १ वटा शोक प्रस्ताव पारित गरिएको छ । सभामा गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले सँशोधित विनियोजन विधेयक, सँशोधित आर्थिक विधेयक, बालबालिका सम्बन्धी विधेयक, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, विवाद निरुपण विधेयक प्रस्तुत गर्नुभएको थियो ।

    Ambika Rupakheti.jpg

    यस्तै उहाँले पुर्वाधार विकास व्यवस्थापन विधेयक, औधोगिक व्यवसाय विधेयक, सार्वजनिक निजि साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, सँस्था दर्ता विद्येयक, तथ्याँक तथा अभिलेख व्यवस्थापन विद्येयक सभामा प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत उक्त विधेयकहरु गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले सभामा पेश गर्नुभएपछि सर्वसम्मतीले पास भएको छ ।

    यस्तै सभा मार्फत शोक प्रस्ताव पनि पारित भएको छ । वडा नम्बर २ का वडा सदस्य राममाया तामाङको असामयिक निधन भएकाले गाउँसभा मार्फत शोक प्रस्ताव पारित गरिएको गाउँपालिकाले जनाएको छ ।

    rammaya.jpg

    प्रमुख प्रशासकिय अधिकृत बलराम लम्सालले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समितका सदस्य उर्मिला रुपाखेती, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १७:५२:२१ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology