सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

४०.६४ अंकले बढ्यो नेप्से

४०.६४ अंकले बढ्यो नेप्से

नागरिक पाटी

१७, फाल्गुण २०७७
  • 5.4K
    SHARES
  • ४०.६४ अंकले बढ्यो नेप्से
    images

    काठमाडौं । सोमबार सेयर बजार परिसूचक (नेप्से) ४०.६४ अंकले बढेको छ। बढेको बजार २५१५.०३ विन्दुमा पुगेर रोकिएको हो। आज २०९ कम्पनीको १ करोड १८ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

    images

    सोमबार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.४७ अंकले बढेर ४५३.७६ विन्दुमा पुगेको छ। आज सबै समूहको सूचक उकालो लागेको छ। बैंकिङ २६.८२, विकास बैंक ३८.२२, फाइनान्स २३.०६, होटल तथा पर्यटन ५५.८१, जलविद्युत् ३०.७९ अंकले बढेको छ।

    त्यस्तै जीवन बीमा समूहको सूचक ३५९.१७, उत्पादन ६८.३१, लघुवित्त ८१.४९, सामूहिक लगानी ०.०३, निर्जिवन बीमा १८३.८३, अन्य २७.६२ र व्यापार समूहको सूचक ९७.३९ अंकले बढेको छ।

    आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको सेयर ९.९० प्रतिशतले बढेको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर ८.१२ र बरुण जलविद्युत् कम्पनीको सेयर ६.७९ अंकले बढेको छ। सिटिजन म्युचुअल फण्डको सेयर १.८४ प्रतिशतले घटेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १६:२०:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology