सर्वोत्तम सिमेन्ट लिमिटेडले केही दिनमा साधारण शेयर (आईपीओ) निस्काशन गर्दैछ । यसका लागि कम्पनीको अंकित मूल्य ७ सय ५० राखिने बताएको छ । तर यसलाई बोर्डले अनुमति भने दिनु पर्ने छ । कम्पनीले आईपीओको मूल्य ७ सय ५० रुपैयाँ पुर्याउनका लागि विभिन्न आधारहरू प्रस्तुत गरेको छ ।
यी हुन् आधारहरू
- कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता ३ हजार मेट्रिक टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ । कम्पनीले कम चुक्ता पुँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने देखिन्छ ।
- कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउँदै आएको र विगत ३ वर्षको औसत मुनाफा (कर पछिको) वार्षिक रु. १०४ करोड भन्दा बढी भएको ।
- विगत तीन वर्षको औसत ईपीएस रु. ५२ रहेको र आगामी तीन वर्षको औसत ईपीएस रु. ४५ भन्दा बढी प्रक्षेपित गरिएकाले ।
- कम्पनीको रिजर्भ २०७७ माघ मसान्त सम्मको अन्यमा रु.२३१ करोड भन्दा वढी रहेको ।
- हाल कम्पनीको सम्पती (फेयर मार्केट भ्यालु र रिप्लेस्मेन्ट भ्यालु) रु.२००० करोड रहेको ।
- आगामी ३ वर्षसम्म आयकरमा ५०५ छुट पाउने भएकाले बढी प्रतिफल दिनसक्ने ।
- आईपीओबाट प्राप्त रकममध्ये ४०५ ले ऋण भुक्तानी गरी शत प्रतिशत ऋण मुक्त हुने बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने योजना रहेकोले, यसबाट ४ बर्ष पछि बार्षिक प्रतिफल ७५५ भन्दा बढि हुन जाने प्रक्षेपण गरीएको ।
- आईपीओ जारी पश्चात पहिलो ३ महिना भित्रै १०५ बोनस सेयर र २५५ नगद लाभांश दिने निश्चित भएकोले सो वापत झण्डै रु १०० प्रति सेयर को आम्दानी तत्कालै हुने ।
- शेयर धनीले तिरेको रु ६५० प्रिमियम को १५५ ले हुन आउने प्रतिसेयर रु ९७-५० कम्पनीको रिजर्भमा रहने भएकोले सो वापत थप बोनस सेयर जारी हुने संभावना रहेको ।
- आईसीआरएबाट आईपीओ रेटिङ्ग बीबीबी प्लस पाएकोले कम्पनी लगानी कर्ताको लागि औसत भन्दा बढी राम्रो रहेको । साथै आइसीआरए रेटिङ्ग अनुसार कम्पनीको चुनढुङ्गा तथा ढुवानी को लागत अन्य सिमेन्ट उद्योगभन्दा कम रहेकोले कम्पनिले बढी प्रतिफल दिन सक्ने ।
- संस्थागत लगानी कर्ताले रु ७५०र– मुल्य तोकेमा सर्वसाधारणले ७५० मा १०५ घटाई अर्थात ७५०–७५.रु ६७५ मा पाउने भएकोले सर्वसाधारण लगानीकर्तालाई सहुलियत भएको ।
- कम्पनिले आफ्नो हाल सम्मको रिजर्भ बाट १०५ बोनस सेयर र २५५ नगद लाभांश दिने भएकोले ,सेयर खरिदको तीन महिना भित्रै लगभग रु १०० बराबरको प्रतिफल प्राप्त हुने । यसरी सर्वसाधारण लगानीकर्ताको सेयर मुल्य ६७५ - १००. रु ५७५ मात्र पर्न जाने ।
- २५ बर्ष भन्दा बढी सिमेन्ट उद्योग संचालन गरेको अनुभवी संचालकहरुबाट संचालित उद्योग भएकोले, संचालन लागत न्यून रहेकोले ।
- डेनमार्कबाट आयातित अत्याधुनिक भीआरएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्दा विद्युतमा ३०५ वचत हुने तथा कोइला खपतमा २०५ सम्म वचत हुने भएकाले लागत कम भई वढी प्रतिफल दिने ।
- कम्पनीसँग ९० वर्ष पुग्ने चुनढुङ्गा खानी रहेकोले उत्पादन क्षमता बढाउदै लैजान सजिलो रहेको ।