आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ६१ करोड रुपैयाँको आवेदन, कहिले सम्म भर्न पाईन्छ ?

ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ६१ करोड रुपैयाँको आवेदन, कहिले सम्म भर्न पाईन्छ ?

नागरिक पाटी

२३, फाल्गुण २०७७
  • 11.4K
    SHARES
  • ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ६१ करोड रुपैयाँको आवेदन, कहिले सम्म भर्न पाईन्छ ?

    काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ६१ करोड १९ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परको छ । सीडीएसका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ११ लाख ८३ हजार ७७१ जनाले २ करोड ६१ लाख १९ हजार ७७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ४।३९ गुणा बढी आवेदन हो ।

    ज्योतिले फागुन २१ गतेबाट आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ ।

    images

    ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - १७:२८:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology