महादेववेशी । नेपाल राष्ट्रिय शिक्षक सँगठन थाक्रे गाउँ समितीको अध्यक्षमा सहदेव गजुरेल निर्वाचित हुनुभएको छ । शनिबार महादेववेशीमा भएको सँगठनको दास्रो गाउँ अधिवेशन अन्तर्गतको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार रामचन्द्र रुपाखेती भन्दा ५९ मत बढि ल्याई गजुरेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचन मार्फत गजुरेललाई १८७ र रुपाखेतीलाई १२८ मत प्राप्त भएको थियो ।
यस्तै महिला उपाध्यक्षमा देवकी रिजाल निर्वाचित हुनुभएको छ । उहाँले १६० मत प्राप्त गर्नुभएकोमा महिला उपाध्यक्षकै उम्मेदवार प्रमिला तिमल्सिनाले भने १५४ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै सचिवमा मुकुन्द थापा चयन हुनुभएको छ । १२७ मतका साथ उहाँ निर्वाचित हुनुभएको हो । सचिव पदका लागि उम्मेदवार दिनुभएका रामचन्द्र बानिँयाले ८८, काजिमान तामाङले ६६ र सुरेश कुमार तामाङले ३३ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी निर्वाचन अघि नै सर्वसम्मत चयन हुनेमा उपाध्यक्ष, कोषाध्यक्ष, सह—कोषाध्यक्ष, सहसचिव र सदस्यहरु रहनुभएको छ । उपाध्यक्षमा धर्मराज अर्याल, कोषाध्यक्षमा विमल थापा, सहकोषाध्यक्षमा लक्ष्मी पौडेल, सहसचिवमा एलिना सुबेदी सर्वसम्मत चयन हुनुभएको हो ।
यस्तै सदस्यहरुमा विदुर रिजाल, कृष्णहरी मल्ल, केदार प्रसाद पौडेल, रजिना थापा, विजय श्रेष्ठ, सावित्री घिमिरे, रश्मी तामाङ, उद्धव कुमार हमाल, ईश्वर थापा, यदुकुमार सुवेदी, तारानाथ लुईँटेल, दुर्गा सिँखडा, ईन्दिरा असधकारी, सँगिता कुँवर सिल्पी ठाकुर, रुपेश सुबेदी र कृष्ण प्रसाद अर्याल सर्वसम्मत चयन हुनुभएको छ ।