शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा उत्कृष्ट महिला आत्मनिर्भर समुह सम्मान तथा घुम्तीकोष वितरण

थाक्रेमा उत्कृष्ट महिला आत्मनिर्भर समुह सम्मान तथा घुम्तीकोष वितरण

शिवराज आचार्य

२४, फाल्गुण २०७७
  • 7.7K
    SHARES
  • थाक्रेमा उत्कृष्ट महिला आत्मनिर्भर समुह सम्मान तथा घुम्तीकोष वितरण

    महादेववेशी । धादिङको थाक्रे गाउँपालिकामा “महिलाको सुरक्षा,सम्मान र रोजगार : समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय नारालाई आत्मसाथ गर्दै १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा उत्कृष्ट महिला आत्मनिर्भर समुह सम्मान तथा घुम्तीकोष वितरण कार्यक्रम समेत सम्पन्न भएको छ ।

    images
    images

    गाउँपालिकाले दर्ता गरेको २१५ वटा एक घर एक महिला सदस्य समुह मध्येबाट कामका आधारमा ४५ वटा उत्कृष्ट महिला आत्मनिर्भर समुह सम्मान एवम् घुम्तीकोष वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    कार्यक्रममा बोल्नु हुँदै नेपाल शिक्षक संगठन थाक्रेका अध्यक्ष सहदेब गजुरेलले श्रमिक महिला दिवसका अबसरमा शुभकामना दिनुभएको छ ।
    त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले श्रमिक महिला दिवसका अबसरमा शुभकामना दिनु भएको छ । उहाँले समाज रूपान्तरण गर्न घुम्तीकोषको महत्वपुर्ण भुमिका हुने बताउनुभएको छ ।

    त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै गैरसरकारी संस्था महासघंका केन्द्रीय सदस्य गोकर्ण रूपाखतीले बालबिबाह न्युनिकरण गर्न सबै जना लाग्नु पर्ने बताउनु भएको छ । कार्यक्रम सहभागी हुनु भएका थाक्रे गाउँपालिकाका महिलाहरूलाई तपाईं आफु पनि हिंसा गर्दिन र हिंसा सहन्न भन्ने कुरालाई आत्मसात गर्न समेत आग्रह गर्नु भएको छ ।

    Thakre 111.jpg

    यसै गरी कार्यक्रममा बोल्नु हुँदै थाक्रे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रवि प्रकाश ओझाले दिवसका अबसरमा शुभकामना दिँदै समाजमा महिला हिंसा र बाल बिबाह रोक्न सहभागी हुनु भएका सम्पूर्णलाई आग्रह गर्नुभयो ।

    यस्तै कार्यक्रममा बोल्नु हुँदै नेकपा थाक्रेका अध्यक्ष कृष्ण पन्तले सहभागी सम्पूर्णलाई श्रमिक महिला दिवसका अबसरमा शुभकामना दिनु भएको छ ।

    यस्तै कार्यक्रममा बोल्नु हुँदै जिसस सदस्य उर्मिला रेग्मीले नेपालमा महिलाहरुलाई हरेक क्षेत्रमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशतको व्यवस्था गरेको बताउनु भयो । उहाँले महिलाले नै कसैलाई हिंसा गरिरहेका छौँ कि भन्ने कुरालाई आत्मसात गर्न समेत सहभागीलाई आग्रह गर्दै श्रमिक महिला दिवसको शुभकामना दिनु भएको हो ।

    कार्यक्रममा बोल्नु हुँदै भुमि समस्या समाधान आयोेगका सदस्य गंगा देवी श्रेष्ठले महिला अधिकारका लागि अग्रज महिला नेताहरूले धेरै दुःख गर्नु परको कुरा बताउनु हुँदै महिला आन्दोलनले नेपालको संविधानमा ३३ प्रतिशत सहभागी सुनिश्चितता गर्न सफल भएको श्रेष्ठको भनाई छ । उहाँले अहिले पनि समाजमा महिलाहरू समस्यामा पर्ने गरेको बताउनु भएको छ ।

    कार्यक्रम बोल्नु हुँदै गाउँपालिका उपाध्यक्ष अम्बिका रूपाखेतीले सन् १९११ बाट विश्व भर यो दिवस मनाउनु थालिएको बताउनुभयो । नेपालमा वि.स २०१७ सालमा धनकुटाका महिला शिक्षकहरूले आइमाई दिवस मनाएको नेपालको इतिहासमा पाइने उपाध्यक्ष रुपाखेतीको भनाई छ । उहाँले नारी दिवस नभन्न आग्रह गर्दै दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउनु पर्ने बताउनुभएको छ । उहाँले हाम्रो गाउँ समुदायमा अहिले पनि हिंसाका घटनाहरू हुने गरेको बताउँदै त्यसको अन्त्य गर्नु ठूलो चुनौती रहेको बताउनुभएको छ ।

    यस्तै थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले घुम्तीकोषले समुदायका समस्यालाई केहि सहयोग पुग्ने बताउनु भयो । उहाँले थाक्रेमा बालबिबाह, बहुबिबाह, महिला हिंसाको अन्त्य भएको गाउँपालिका बनाउन सबै लाग्नु पर्ने बताउनु भएको छ ।

    कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रूपाखेती, जिसस सदस्य उर्मिला रेग्मी, भुमि समस्या समाधान आयोग धादिङका अध्यक्ष रामहरि अधिकारी, भुमि समस्या समाधान आयोेगका सदस्य गँगादेवी श्रेष्ठ, भुमी समस्या समाधान आयोेगका विज्ञ सदस्य सञ्जय दुवाडी, नेकपा थाक्रेका अध्यक्ष कृष्ण पन्त, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य गोकर्ण रूपाखेती, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, विभिन्न वडाका वडा अध्यक्ष, नेपाल शिक्षक संगठन थाक्रेका अध्यक्ष सहदेब गजुरेल, गाउँपालिकाबाट सञ्चालन भएको समुहका अध्यक्ष तथा सदस्यहरूको सहभागी रहेको थियोे ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - १९:२८:२६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology