आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आजको राशिफल ।। २०७७ चैत ५ गते बिहीबार

आजको राशिफल ।। २०७७ चैत ५ गते बिहीबार

नागरिक पाटी

५, चैत्र २०७७
  • 8.1K
    SHARES
  • आजको राशिफल ।। २०७७ चैत ५ गते बिहीबार

    ज्यो. हरि पन्त

    images

    आजको पञ्चांग

    आज मिति २०७७ चैत ५ गते बिहीबार, इस्वीसंवत मार्च १८ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुन शुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुन शुक्लपक्षको पञ्चमी तिथि रहनेछ । आज भरणी नक्षत्र, विष्कुम्भादि योगमा वैधृति, करणमा बव, आनन्दादि योगमा पद्य रहनेछ ।

    सूर्य मीन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३० घटि २ पला अर्थात १२ घण्टा २ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर १२ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर १३ मिनेटमा हुनेछ ।

    आजको राशिफल

    मेष :

    मेष राशि भएकाहरूका आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नया“ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला ।

    वृष :

    वृष राशि भएकाहरूका लागि आज मनमा विना कामका चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउ“मा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूस“ग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आÇनै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ ।

    मिथुन :

    आज मिथुन राशि भएकाहरूका लागि आज लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन् । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । आपूmलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । घरमा नया“ सामानहरू किन्ने र घर सजाउनेमा विशेष चाहना हुने देखिन्छ । मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ ।

    कर्कट :

    आज कर्कट राशिका लागि आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । आँखामा एक्कासी खराबी आउन सक्नेछ । आ“टेका कामहरूमा असफलता, सोचेजतिका सबै कामहरूमा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ ।

    सिंह :

    आज सिंह राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन ।

    कन्या :

    कन्या राशि भएकाहरूका लागि आज स्वास्थ्यमा खास कुनै गड्वडी देखिनेछैन । तर आ“टेका सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ । सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्, तर संघर्ष भने खूब गर्नुपर्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ । समग्रमा आजको समय मध्यम रहनेछ ।

    तुला :

    तुला राशि भएकाहरूका लागि आज स्वास्थ्यमा त्यति खरावी रहनेछैन । इज्जत, प्रतिष्ठा बढ्ने ठाउ“मा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । आज विशेष कार्यक्रममा भाग लिने स्थिति आउला भन्न सकिन्छ । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ । समग्रमा आजको समय पनि शुभ रहनेछ । भरपूर उपयोग गर्नुहोला ।

    वृश्चिक :

    वृश्चिक राशि भएकाहरूका लागि आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनैपनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।

    धनु :

    धनु राशिका लागि आज पनि एक्कासी रोग लाग्ने, खाना नपच्ने, कुनै व्यक्तिसंग झगडा पर्ने, जताबाट पनि नोक्सान मात्रै पर्नेछ । सरकारी कर्मचारीबाट असहयोग, छोराछोरीस“ग विवाद हुनेछ । मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन । एक्कासी पेट दुख्ने ग्याष्ट्रिक, शूल, वायुले स्वास्थ्यलाई असर गर्न सक्नेछ । आज खाने पिउने मामलामा पनि दुःख पाइने देखिन्छ ।

    मकर :

    मकर राशि भएकाहरूका लागि आज आÇनै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ । मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, शोक पर्ने समाचारसमेत सुन्नुपर्नेछ । सतर्क रही कार्य गर्नुहोला । टाढाको यात्रामा जानु पनि ठीक छैन ।

    कुम्भ :

    कुम्भ राशिका लागि आज आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ । आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ । अढैया शनिको प्रभावले केही काम भने विग्रने सम्भावना रहनेछ ।

    मीन : मीन राशि भएकाहरूका लागि आज समय अत्यन्तै खराम छ । आफ्नै काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन । त्यसकारण  मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य ज्यादै संवेदनशील रहने देखिन्छ अर्थात आज स्वास्थ्य त्यति भरोसाको रहनेछैन । खानामा गडबढी, कसैले मनमा दुःख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ ।

    साइत :

    आज चन्द्रमा मेष राशिमा छन् । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

    आजको शुभ लाभादि बेला

    बिहान ६ः११ बजेदेखि ७ः४१ बजेसम्म शुभ बेला
    बिहान ७ः४१ बजेदेखि ९ः११ बजेसम्म रोग बेला
    बिहान ९ः११ बजेदेखि १०ः४१ बजेसम्म उद्धेग बेला
    बिहान १०ः४१ बजेदेखि १२ः१२ बजेसम्म चर बेला
    बिहान १२ः१२ बजेदेखि १ः४२ बजेसम्म लाभ बेला
    दिनमा १ः४२ बजेदेखि ३ः१२ बजेसम्म अमृत बेला
    दिनमा ३ः१२ बजेदेखि ४ः४२ बजेसम्म काल बेला
    दिउँसो ४ः४२ बजेदेखि ५ः१३ बजेसम्म शुभ बेला

    यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

    राहुकाल समय स् दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

    (नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - ०६:५६:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology