आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आजको राशिफल । २०७७/११/०६ शुक्रबार

आजको राशिफल । २०७७/११/०६ शुक्रबार

नागरिक पाटी

६, चैत्र २०७७
  • 8.2K
    SHARES
  • आजको राशिफल  । २०७७/११/०६ शुक्रबार

    वि.सं. २०७७ साल चैत ०६ गते । शुक्रबार । इस्वी सन् २०२१ मार्च १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुण शुक्लपक्ष । तिथि–षष्ठी, ४९ घडी ०४ पला, रातको ०१ बजेर ४९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–कृतिका, १३ घडी १३ पला, बिहान ११ बजेर ३१ मिनेट उप्रान्त रोहिणी । योग–विष्कुम्भ, ०७ घडी २८ पला, बिहान ०९ बजेर ११ मिनेट उप्रान्त प्रीति । करण– कौलव, दिउँसो १२ बजेर ५० मिनेट उप्रान्त तैतिल, रातको ०१ बजेर ४९ मिनेट उप्रान्त गर । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–बृष ।

    images


    काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ११ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान ३० घडी ०६ पला ।

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्‍याउन नसक्नाले विना कारण झगडा र विवाद हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    परिवारजनको साथले नयाँ आशा पलाउने छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । विवेकले काम नगर्न सक्छ छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुची बढ्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । सन्तान पक्षको मायाँमा कमी आउन सक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता पनि मिल्ने छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । जग्गा जमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मान सम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    उन्नति प्रगतिको वातावरण बन्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा चल्ने छ । पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्नेछ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - ०८:४९:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology