सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

महुली लघुवित्तले ४१२० कित्ता शेयर बिक्री गर्ने

महुली लघुवित्तले ४१२० कित्ता शेयर बिक्री गर्ने

नागरिक पाटी

८, चैत्र २०७७
  • 5.0K
    SHARES
  • महुली लघुवित्तले ४१२० कित्ता शेयर बिक्री गर्ने
    images

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार १२० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले आज (आइतबार) एक सूचना जारी गर्दै लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने बताएको हो । लघुवित्तले उक्त शेयर बिक्री गर्ने मामलामा विद्यमान संस्थापक शेयर धनीहरूलाई प्राथमिकतामा राखेको छ ।

    images

    उक्त शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र कम्पनीको सप्तरी स्थित केन्द्रिय कार्यालयमा आवेदन दिनु पर्ने छ । यदि त्यो अवधिमा संस्थापक शेयर धनीहरू बाट आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थाहरूलाई शेयर बिक्री गरिने कम्पनीको भनाइ छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १०:३३:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology