सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा सामान्य सुधार, ५ अर्ब बढीको कारोबार

शेयर बजारमा सामान्य सुधार, ५ अर्ब बढीको कारोबार

नागरिक पाटी

१०, चैत्र २०७७
  • 7.0K
    SHARES
  • शेयर बजारमा सामान्य सुधार, ५ अर्ब बढीको कारोबार
    images

    काठमाडौं। साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा सामान्य सुधार आएको छ । मंगलबार ०.५८ प्रतिशत अर्थात १४।५७ अंकले बढेर २५२८।९५ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.०९ अंकले बृद्वि भएर ४४८.८९ विन्दुमा पुगेको हो ।

    images

    नेप्से परिसुचक अनुसार आज २०८ कम्पनीको ६१ हजार ४२२ पटक कारोबार भएर ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयर खरिद बिक्रि भएको छ ।

    आज १२ उपसमुह मध्ये ६ उपसमुहको परिसुचक बढेको छ भने ६ उपसमुहको परिसुचक बढेको छ । सबैभन्दा धेरै व्यापार उपसमुहको ९.३४ प्रतिशत परिसुचक बढेको छ भने बैकिङ्ग, विकास बैंक, फाइनान्स लगायतको नेप्से परिसुचक घटेका छन् ।

    त्यस्तै, आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धरै कारोबार भएको छ । बैंकको ५२ करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ । नेप्सेको अनुसार अपर तामाकोशीको ३२ करोड ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।

    आज पन्चकन्या माई हाइड्रोपावर लिमिटेडको ४.१५ प्रतिशतले नेप्से परिसुचक घटेको छ । त्यस्तै सप्तकोशी विकास बैंक लिमिटेडको ३.६१ प्रतिशतले सुचक घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - १६:२८:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology