सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार दोहोरो अंकले बढ्यो, ६ अर्ब भन्दा बढीको कारोबार

शेयर बजार दोहोरो अंकले बढ्यो, ६ अर्ब भन्दा बढीको कारोबार

नागरिक पाटी

११, चैत्र २०७७
  • 11.0K
    SHARES
  • शेयर बजार दोहोरो अंकले बढ्यो, ६ अर्ब भन्दा बढीको कारोबार
    images

    काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसुचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा पुगेको हो । मंगलबार २५२८ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७।०६ अंकले बढेर ४५५.९५ विन्दुमा पुगेको हो ।

    images

    आज २०८ कम्पनीको ७२ हजार ९ सय ५७ पटक कारोबार भएर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँ बराबरको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।

    आज हाइड्रोपावर उपसमुहको बाहेक १२ उपसमुहको शेयरमुल्य सर्वाधिक गरेका छन् । सबैभन्दा धेरै व्यापार समुहको ९।४ प्रतिशतले परिसुचक बढेर ३८१ रुपैयाँ ११ पैसा प्रतिशेयर मुल्य कायम भएको छ ।

    नेप्सेको अनुसार आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६५ करोड १५ लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको आज ५८१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । त्यस्तै अपर तामाकोशीको ४१ करोड ५७ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको प्रतिशेयर मुल्य ७७२ रुपैयाँ कायम गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - १६:२६:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology