शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सहास नेपालको गाउँपालिका स्तरिय बार्षिक समिक्षा बैठक सम्पन्न

सहास नेपालको गाउँपालिका स्तरिय बार्षिक समिक्षा बैठक सम्पन्न

नागरिक पाटी

१२, चैत्र २०७७
  • 9.3K
    SHARES
  • सहास नेपालको गाउँपालिका स्तरिय बार्षिक समिक्षा बैठक सम्पन्न

    महादेववेशी । सहयोगी हातहरुको समूह (सहास) नेपालले थाक्रे गाउँपालिकामा बार्षिक समिक्षा बैठक सम्पन्न गरेको छ । सँस्थाले थाक्रे गाउँपालिकामा संचालन गरिरहेको स्थानिय प्रयासमा जिबिकोपार्जन सुधार परियोजना (ईल्लिप) अन्तर्गत बिभिन्न ४५ वटा समूहमा भए गरेका गतिबिधि र त्यसको उपलब्धिको बारेमा जानकारी गराउने साथै आगामी दिनका लागी सल्लाह सुझावका लागि समिक्षा बैठक गरिएको हो ।

    images
    images

    परियोजना अधिकृत हरि प्रसाद अधिकारीले परियोजनाका प्रगति प्रस्तुत गर्नुभएको थियो । उहाँले मुख्यत घरबगैंचा ब्यवस्थापन, प्राङ्गारिक खेतीका लागी सिप र प्रबिधि साथै आयआर्जनका कृयाकलापहरुमा केन्द्रित हुँदै परियोजना सञ्चालन भैरहेको विवरण प्रस्तुत गर्नुभएको हो । यस्तै परियोजना अधिकृत अधिकारीले जलवायु उत्थानशिल गाउँको अभियान र जलावायुमैत्रि प्रबिधिको प्रयोगमा जोड दिँदै उत्थानशिल गाउँ बनाउने अभियानमा सहयोग गरिरहेको बताउनुभएको छ ।

    यस संगै परियोजनाका गतिबिधीहरु कसरी जलवायु अनुकुलनमैत्रि छन् भन्ने बारेमा प्राबिधिक अधिकृत मनिक्षा आचार्यले प्रस्तुती गर्नुभएको छ ।
    समुहको प्रतिनिधित्व गर्दै आउनुभएका कृषकहरुले परियोजनाका गतिबिधिले आफ्नो गाउँमा कृषि र आयआर्जनका लागि प्राबिधिक सहयोगले धेरै सहज भएको र आयआर्जनका कार्यले खेति प्रबिधि, उत्पादन र आम्दानी बढाउन सहयोग भएको कुरा बताएका छन् ।

    यस्तै संस्थाका गतिबिधि समुदायमा प्रभावकारी रहेको र योजना गर्दा गाउँपालिका संगै बसेर संयुक्त रुपमा जाने गरि गर्दै अघि बढ्दा अझ सामुदायिक परिचालन र प्राबिधिक सेवा प्रभावकारी हुने प्रमुख प्रशासकिय अधिकृत बलराम लम्सालले बताउनु भएको छ ।
    प्रस्तुती र कृषकहरुको अनुभव सुन्दा कार्यक्रम निकै प्रभावकारी रहेको भन्दै जिल्ला समन्व्य समिती सदस्य उर्मिला रेग्मीले संस्थाको कार्यक्रम प्रभावकारी हुन्छ भनी जे अपेक्षा थियो सोहि अनुसार काम भईरहेको र आगामी योजना गर्दा संयुक्त योजना तयारी गरि जाने पनि बताउनु भएको छ ।

    यस्तै गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले परियोजनाले समुदायमा प्रभावकारी काम गरेको भन्दै समुदाय लक्षित क्रियाकलापलाई गाउँपालिकाले सँधै साथ दिने बताउनुभएको छ ।

    फिल्डमा गएर अनुगमन गर्दा र आजको प्रस्तुती हेर्दा समुदायमा भएका कार्यहरुले समुदायले निकै फाईदा लिईरहेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनु भएको छ । संस्थाहरुले गर्ने कार्यक्रम छुट्टै र गाउँपालिकाको कार्यक्रम छुट्टै होईन र हुनु हुँदैन भन्ने उहाँको जोड छ ।

    गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेती, जिल्ला समन्वय समितीका सदस्य उर्मिला रेग्मी, प्रमुख प्रशासकिय अधिकृत बलराम लम्साल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो ।

    अन्य समाचार पनि हेर्नुहोस्...

    सहास नेपालद्धारा थाक्रेका विभिन्न समुहमा संयुक्त फिल्ड अनुगमन सँगै अन्तरक्रिया र सामाग्री वितरण 

    थाक्रेमा सहास नेपालद्धारा ११ जनालाई ३३ वटा बाख्रा वितरण

    सहास नेपालद्वारा मानविय सहायताको लागि थाक्रे गाउँपालिकालाई ३ लाख ४३ हजार आर्थिक सहयोग

    सहास नेपालको सक्रियता : थाक्रेका ११ वटा स्वास्थ्य संस्थाहरुको लागी स्वास्थ्य सामाग्री प्रदान

    थाँक्रे गाउँपालिकाको मानविय सहायताका लागी सहास नेपाल द्धारा ५० हजार नगद सहयोग

    सहास नेपालको अनुरोध : 'कोरोना रोगको सँक्रमण हुनबाट आफु बचौँ र अरुलाई पनि बचाऔँ'

    सहास नेपालको पालिका स्तरिय वार्षिक समिक्षा बैठक सम्पन्न

    सहास नेपालको ईल्लिप परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न 

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - २०:२७:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology