थाक्रे,धादिङ । ६४ औं राष्ट्रिय सहकारी दिवसका अबसरमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ को सिम्लेमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।
थाक्रे गाउँपालिकामा रहेका भूमेस्थान, तसर्पू, थाक्रे र गोगनपानी गरी ४ वटा साना किसान कृषि सहकारीहरुको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको साना किसान कृषि सहकारी भुमेस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण बहादुर थापाले जानकारी दिनु भएको छ ।

साना किसान कृषि सहकारी संस्थाहरुको यो दिवस कार्यक्रम महत्वपूर्ण पर्व रहेको साना किसान कृषि सहकारी संस्था लिमिटड भूमेस्थानका व्यवस्थापक नानु थापाले बताउनु भएको छ ।

त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै जिल्ला सहकारी संघको लेखा समिति संयोजक नविन कुमार रिजालले कोरोना भाइरसका कारण ठूलो जमघटका साथ कार्यक्रम आयोजना नगरेको बताउनु भएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै रिजालले साना किसान सहकारी गरिव नागरिकको एक अङग भएको बताएका छन् ।

त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै साना किसान कृषि सहकारी संस्था लिमिटेड गोगनपानिका उपाध्यक्ष मधु प्रसाद सुबेदीले सहकारी आउँनु भन्दा अगाडी साहु,महाजन,मुखियाँका चर्को व्याजले थला परेका किसानलाई अहिले साना किसान कृषि सहकारीले राहत दिएको बताएका छन् ।
त्यसै गरी ६४ औं राष्ट्रिय सहकारी दिवसका अबसरमा शुभकामना दिदै साना किसान कृषि सहकारी संस्था लिमिटेड तसर्पुका अध्यक्ष राधिका सापकोटाले साना किसान कृषि सहकारीले समाज परिवर्तनमा उदाहरणीय काम गरेको बताउनु भयो ।

त्यसै गरि कार्यक्रममा बोल्नु हुँदै साना किसान कृषि सहकारी संस्था लिमिटेड थाक्रेका अध्यक्ष शंकर तामाङले २०५० सालमा कृषि विकास बैंकले सञ्चालन गरेको साना किसान विकास आयोजनाका रुपमा रहेका धादिङ जिल्ला भित्रका ४ वटा साना किसान विकास आयोजना नागरिकलाई हस्तान्तरण गरे पछि सहकारीको रुपमा काम गरेको बताउँनु भएको छ । साना किसान कृषि सहकारी संस्था भूमेस्थान धादिङ कै गुरु संस्थाको रुपमा रहेको तामाङको भनाइ छ । उहाँले अहिले साना किसान कृषि सहकारी संस्थाहरुले ५ हजार देखि २५ लाख सम्म आफ्ना शेयर सदस्यलाई ऋण प्रभाह गर्दै आएको बताउनु भएको छ ।

त्यसै गरी सहकारी दिवसका अबसरमा शुभकामना दिदै जिल्ला सहकारी संघका सदस्य तथा आजका कार्यक्रमका प्रमुख अतिथि शिव अर्यालले नेपालमा सहकारीको स्थापना काल र अहिले सम्म साना किसान कृषि सहकारीहरु गरेका कामको प्रशंसा समेत गर्नु भएको थियो । नेपालमा १ हजार ३ सय भन्दा बढि साना किसान कृषि सहकारीहरु रहेको उनको भनाइ छ ।

त्यसै गरि सहकारी दिवसका अबसरमा शुभकामना दिदै कार्यक्रममा अध्यक्षता ग्रहण गर्नु भएका साना किसान कृषि सहकारी संस्था लिमिटेड भूमेस्थानका अध्यक्ष कृष्ण बहादुर थापाले सहकारीले क्षमता विकास,गरिवीको जिविको उप्रार्जन, व्यवसाय विस्तार र बैदेशिक रोजगरी लगायतका विषयमा राहतको काम गरेको बताएका छन् । बागमती प्रदेश सरकारको सहयोगमा साना किसान लघुवित्त वितिय संस्था मार्फत प्रदेश भित्रका साना किसान कृषि सहकारीहरुलाई १ अरब सहुलियतपूर्ण ऋण प्रदान गरि सहकारी मार्फत मागका आधारमा सदस्यहरुलाइ ऋण प्रदान गरिने अध्यक्ष थापाको भनाइ छ ।