सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट

रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट

नागरिक पाटी

३, बैशाख २०७८
  • 4.8K
    SHARES
  • रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट
    images

    धादिङ। रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट भएको छ। विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रवार बाँडफाँट भएको हो। ३७ हजार ९ सय १६ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।

    images

    यसरी बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता सेयर १० कित्ताभन्दा बढी माग गरी आवेदन दिएका ७ जनालाई १र१ कित्ताका दरले थप पाएका छन्। कम्पनीले निष्कासन गरेको आईपीओमा कुल १६ हजार ८३ हजार १२१ जना आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता सेयर खरीदका लागि आवेदन परेको थियो।

    जसमध्ये ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको विक्री प्रबन्धकले जानकारी गराएको छ। कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। कम्पनीले प्रिमियमसहित प्रतिकित्ता रू १२० मा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३, २०७८ शुक्रवार - १४:१३:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology