शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ३३ हजार भन्दाबढीमा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ३३ हजार भन्दाबढीमा कोरोना संक्रमण

नागरिक पाटी

४, बैशाख २०७८
  • 5.7K
    SHARES
  • भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ३३ हजार भन्दाबढीमा कोरोना संक्रमण

    भारत । भारतमा तीन दिनदेखि लगातार दुई लाखभन्दा बढी संक्रमित थपिँदै आएका छन्। पछिल्लो २४ घन्टामा २ लाख ३३ हजार ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    images
    images

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अहिलेसम्मकै सबैभन्दा बढी हो। यसअघि बिहीबार २ लाख १६ हजार ८५० संक्रमित थपिएका थिए। त्यस्तै, बुधबार २ लाख ३८ संक्रमित थपिएका थिए।

     

    योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या १६ लाख ७९ हजार १२१ रहेको छ।

    त्यस्तै, कोरोनाबाट पछिल्लो

    २४ घन्टामा १ हजार ३३८ जनाको ज्यान गएको छ। एकै दिन ज्यान जानेको संख्या पनि अहिलेसम्मकै बढी हो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७५ हजार ६७३ पुगेको छ। भारतमा उपचार संक्रमितमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ। कोरोनाको दोस्रो लहरमा गम्भीर बिरामीको संख्या बढ्दै गएको जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ४, २०७८ शनिवार - ०७:५६:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology