धादिङ । दुई दिन लगातार घटेको शेयर बजार मङ्गलवार (आज) भने सामान्य बढेको छ । नेप्से मङ्गलवार दुई दशमलव ६८ अङ्कले बढेर २६ सय ६४ दशमलव ६१ विन्दुमा पुगेको छ ।
मङ्गलवार बैंकिङ, निर्जीवन बीमा, लगानी र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । व्यापार समूहको शेयर ३४ अङ्कले बढेको छ, होटल तथा पर्यटन समूहको शेयर साढे एक अङ्कले, जलविद्युतको ३१ अङ्कले, विकास बैंक समूहको ४८ अङ्कले, फाइनान्सको झण्डै पाँच, माइक्रो फाइनान्सको ६ र जीवन बीमा समूहको शेयर ५४ अङ्कले बढेको छ ।