सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सिंगटी हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, बुधबारबाट कारोबारमा आउने

सिंगटी हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, बुधबारबाट कारोबारमा आउने

नागरिक पाटी

१४, बैशाख २०७८
  • 6.3K
    SHARES
  • सिंगटी हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, बुधबारबाट कारोबारमा आउने
    images

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत भएको छ। आज कम्पनीको १ करोड ४५ लाख कित्ता सर्वसाधारण शेयर नेप्सेमा सूचीकृत भएको हो।

    images

    सर्वसाधारणलाई निष्काशन गरेको २९ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको १४ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १ करोड १ लाख ५० हजार कित्ता समेत गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो।

    कम्पनीको शेयर भोलि देखि कारोबारमा आउने छ। नेप्सेले कम्पनीको शेयरलाई न्युनतम १०० रुपैयाँ देखि ३०० रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ। त्यस अनुसार बुधबार पहिलो कारोबार हुनेछ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - १५:४५:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology