सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

स्वास्थ्य सङ्कटकाल घोषणा गरौँ, कोरोनाको उपचार निःशुल्क गरौँ : मिलन पाण्डे

स्वास्थ्य सङ्कटकाल घोषणा गरौँ, कोरोनाको उपचार निःशुल्क गरौँ : मिलन पाण्डे

नागरिक पाटी

२१, बैशाख २०७८
  • 11.1K
    SHARES
  • स्वास्थ्य सङ्कटकाल घोषणा गरौँ, कोरोनाको उपचार निःशुल्क गरौँ : मिलन पाण्डे

    काठमाण्डौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सरकारलाई यी ८ आग्रह तुरुन्तै लागु गर्न अपिल गरेका छन्।

    १) स्वास्थ्य सङ्कटकाल घोषणा गरौँ, निजी मेडिकल कलेज र अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गरौँ।
    २) कोरोनाको उपचार निःशुल्क गरौँ।
    ३) सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई पिपिई, मास्क लगायत स्वास्थ्य सुरक्षा सामाग्री र घोषणा भएको तर नदिइएको स्वास्थ्यकर्मीको प्रोत्साहन भत्ता तुरुन्तै उपलब्ध गराऔँ।

    ४) सेना/प्रहरी र स्वयंसेवकहरूको सहयोगमा अस्थायी उपचार केन्द्र स्थापना गर्न पहल गरिहालौँ।
    ५) निवृत्त स्वास्थ्यकर्मीलाई स्वयंसेवाको आह्वान गरौँ।
    ६) आवश्यक स्वास्थ्य उपकरण, भ्याक्सिन ल्याउन चीनसहित अन्य राष्ट्रसँग थप पहल गरौँ।

    ७) लकडाउनका कारणले दैनिक छाक टार्नै गाह्रो भएका श्रमिकका लागी राहत प्याकेज उपलब्ध गराऔँ।
    ८) खोप कार्यक्रम पुनः सुचारु गरौँ। पिसिआर टेस्ट गर्ने र खोप लगाउने केन्द्रलाई व्यवस्थित गरौँ।

    images

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - १३:५१:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology