गल्छी । धादिङको गल्छी गाउँपालिका वडा नं ७ भल्टारमा गएराती भएको ट्रिपर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बैरेनीबाट थाक्रे तर्फका लागि गुडेको बा ४ ख ५७७३ नंम्बरको ट्रिपर सडकबाट २०० मिटर तल महेश खोला खसेर दुर्घटना हुँदा थाक्रे १ का ३३ बर्षका सुर्य जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।