आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ओरालो लाग्दै सेयर बजार, नेप्से साढे १८ अंकले घट्दा ६ अर्बको कारोबार

ओरालो लाग्दै सेयर बजार, नेप्से साढे १८ अंकले घट्दा ६ अर्बको कारोबार

नागरिक पाटी

२६, बैशाख २०७८
  • 8.3K
    SHARES
  • ओरालो लाग्दै सेयर बजार, नेप्से साढे १८ अंकले घट्दा ६ अर्बको कारोबार

    काठमाडौं । सातको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से घटेको छ । गत बिहीबार २६३७.१३ अंकमा बन्द भएको बजार परिसूचक नेप्से आइतबार १८.५६ अंकले गिरावट हुँदा २६१८.५६ अंकमा बन्द भएको छ ।

    images

    आइतबार प्रि–ओपन सेसनमा नै दोहोरो अंकले बढेर २६५२.५८ अंकमा खुलेको नेप्से ‘इन्ट्रा–डे’ कारोबारमा उतारचढावबीच २६५२.६० अंकलाई नै उच्च बिन्दु कायम गर्दा २६१३.३२ अंकसम्म झरेको थियो ।

    कोभिड प्रभाव तीव्र हुँदै गर्दा पछिल्लो केही दिनयता सेयर बजार लगातार घट्दो दिशामा देखिएको छ । देशभरको स्वास्थ्य अवस्था विकराल बन्दै गएको र अस्पतामा उपचार पाउन समस्या मुस्किल पर्ने अवस्था देखिदै गर्दा लगानीकर्ताहरुमा पर्खर हेरको अवस्था देखिन्छ । जसले गर्दा आजसम्म लगाातार चौथो दिन नेप्सेमा गिरावट देखिएको छ । केही लगानीकर्ताले यो संकटमा सेयर बेचरे नगदको जोहो गर्न खोज्दा बजारमा सामान्य गिरावट आएको विश्लेषको बुझाइ छ ।

    बजार परिसूचक घटेपनि कारोबार भने ६ अर्बमाथिको भएको छ । आज नेप्सेमा १ करोड २७ लाख २८ हजार १२५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ८९ लाख ६७ हजारको कारोबार भएको छ ।

    नेप्सेमा सबै उपसूचकमा गिरावट हुँदा परिसूचक पनि ओरालो लागेको हो । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.०२ प्रतिशतको सामान्य करेक्सन भएपनि लघुवित्त उपसूचकमा १।७८ प्रतिशत, उत्पादन उपसूचक १.६१ प्रतिशत, व्यापार उपसूचक १.५९ प्रतिशत, अन्य उपसूचक १.३६ प्रतिशत, हाइड्रोपावर उपसूचक १.३१ प्रतिशत र होटेल तथा पर्यटन उपसूचकमा १.२८ प्रतिशतको करेसन भएको छ ।

    आइतबार कारोबार रकममा एनसीसी बैंकले लिड गर्दा कुमारी बैंकले पछाएको छ । एनसीसी बैंकको सवार्धिक २८ करोड ८६ लाख ५२ हजार र कुमारी बैंकको २८ करोड ३४ लाख ५५ हजारको कारोबार भएको छ । नेप्सेमा करेक्सन भएपनि समाता घरेलु लघुवित्त र रुरु जलविद्युत कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

    यस्तै कर्पोटे डेभलमेन्ट बैंकको सेयर मूल्य ४.६४ प्रतिशतले वृद्धि हुँदा राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य ३.५५ प्रतिशत र बैंक अफ काठमाडौंको सेयर मूल्य २.९५ प्रतिशतले बढेको छ । यस्तै आज महिला लघुवित्त, विकाल बजार कम्पनी सिंगटी हाइड्रोपावर र युनियन हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लगेको छ । सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य पनि ७.४४ प्रतिशतले घटेको छ ।

    आज कारोबार भएका ३२ कम्पनीको सेयर मूल्य बढ्दा १४४ कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १५:५२:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology