आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अब प्रदेशको खोरजी हुन सक्छ !

अब प्रदेशको खोरजी हुन सक्छ !

नागरिक पाटी

२८, बैशाख २०७८
  • 7.7K
    SHARES
  • अब प्रदेशको खोरजी हुन सक्छ !

    रमण श्रेष्ठ, पूर्वमहान्यायाधिवक्ता

    images

    गण्डकी प्रदेशको अवस्था हेर्नुभएकै होला नि, यहाँ पनि हुने त्यही त हो । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि ३ दिनको समय दिनुहुन्छ । तर, ३ दिनमा सरकार बन्ने अवस्था नभएपछि जाने भनेको ७६ ९३० मा नै त हो । ७६ ९३० बमोजिम कै सरकार बन्ने हो र त्यो भनेको फेरि पनि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने हो ।

    तर, फेरि उनी प्रधानमन्त्री बन्न मिल्ने कि नमिल्ने कुरा गर्नुहोला । तर, तपाइँले देशको संविधान होइन, प्रधानमन्त्री ओलीको संविधान हेर्नुहोस् न । प्रधानमन्त्रीले विश्वासको मत नपाए पनि राजीनामा दिँदैनन् । माधव नेपालहरुले राजीनामा नदिएपछि के हुने भयो भने ठूलो दल त फेरि पनि एमाले नै हुने भयो । किनभने सरकार बनाउन १३६ जना सांसद चाहिन्छ र त्यो माओवादी, काँग्रेस र उपेन्द्र यादवहरु मिल्दा पनि पूरा हुन सक्दैन । अनि त्यो सङ्ख्या नपुगेपछि ३ दिनभित्र सरकार बन्न सक्दैन । ३ दिनभित्र सरकार नबनेपछि ओलीकै नेतृत्वमा सरकार बन्छ । त्यसपछि पनि चुनाव हुँदैन । किनभने हार्ने चुनाव कसैले गर्न चाहन्न । अब कुन कुन धारा प्रयोग हुने हो हेर्दै जानुपर्छ ।

    यहीबीचमा राजा आउने हल्ला छ, संघीयता खारेज हुने, प्रदेश खारेज हुने कुरा छ । त्यसकारण तपाईले नेपालको संविधान हेर्ने होइन कि खड्गप्रसाद ओलीको खल्तीको संविधान हेर्नुहोस् । उनी संसद विघटन गराएर पनि चुनाव गराउन चाहने व्यक्ति होइनन् । बरु जसरी हुन्छ, आफैं प्रधानमन्त्री बनिरहने बाटोमा छन् र उनी नै फेरि पनि प्रधानमन्त्री बन्छन् ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - ०७:५०:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology