शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाले जेठ १ गते देखि २० वेड क्षमताको आइसोलेशन सेन्टर संचालन गर्ने (सम्पुर्ण निर्णय सहित)

धुनिवेशी नगरपालिकाले जेठ १ गते देखि २० वेड क्षमताको आइसोलेशन सेन्टर संचालन गर्ने (सम्पुर्ण निर्णय सहित)

आशिष ठकुरी

३०, बैशाख २०७८
  • 10.1K
    SHARES
  • धुनिवेशी नगरपालिकाले जेठ १ गते देखि २० वेड क्षमताको आइसोलेशन सेन्टर संचालन गर्ने (सम्पुर्ण निर्णय सहित)

    धादिङ । धुनिवेशी नगरपालिकाले जेठ १ गते देखि २० वेड क्षमताको आइसोलेशन सेन्टर संचालन गर्ने भएको छ । नगरस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको र्बैठकले नगरपालिका वडा नं.७ स्थित मच्छिन्द्र बहुमुखी क्याम्पसको निर्माणाधिन भवनमा जेठ १ देखी २० वेड क्षमताको आइसोलेशन सेन्टर संचालनमा ल्याउने निर्णय गरेको नगरप्रमुख बालकृष्ण आचार्यले नागरिकपाटी डटकमलाई जानकारी दिनुभयो ।

    images
    images

    बैठकले स्वास्थ्य मापदण्ड परिपालना र नयाँ भेरियन्ट सहितको कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार व्यवस्थालाई प्रभावकारी बनाई सचेतना अभिवृद्धि गर्न र आवश्यक सहयोग आदान प्रदान गर्न नगर क्षेत्रमा स्थापित भएका संघ, संस्था र क्लवका प्रतिनिधिहरुलाई आमन्त्रण गरी छलफल गर्ने निर्णय गरेको छ ।

    यस्तै यस नगर क्षेत्रमा संचालनमा आएका बैंक वित्तिय संस्थाहरुलाई अर्को सूचना जारी नहुँदा सम्म हप्तामा दुई दिन (आइतबार र बुधबार) सेवा संचालन र प्रवाह गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरिएको छ भने अर्को सूचना जारी नहुँदासम्म नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुँदै आएको अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरुलाई स्थगित गरि न्यून कर्मचारी मार्फत आलोपालोमा नियमित रुपमा अत्यावश्यक सेवा मात्र प्रवाह हुने व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।

    यसैगरी जथाभावी रुपमा राष्ट्रिय राजमार्गको दायाँ वायाँ गाडी पार्किङ गर्ने व्यवस्थामा रोक लगाउने र उक्त कार्यका लागि आवश्यक भूमिका निर्वाह गर्न ईलाका प्रहरी कार्यालय र नगर प्रहरीलाई संयुक्त रुपमा परिचालन हुन जानकारी गराउने निर्णय बैठकले गरेको छ ।

    नगरपालिकाको बैठकका सबै प्रस्ताव तथा निर्णय हेर्नुहोस्....

    धुनिवेशी नगरपालिकाको नगरस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको मिति २०७८।०१।२९मा बसेको बैठकको प्रस्ताव तथा निर्णयहरुः–
    प्रस्तावहरुः–
    १) नगरस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको मिति २०७८।०१।०७ मा बसेको बैठकको निर्णय कार्यान्वयन समिक्षा ।
    २) आइसोलेसन सेन्टर संचालन सम्बन्धमा ।
    ३) स्वास्थ्य मापदण्ड परिपालना र आवश्यक सहयोग आदान–प्रदानका लागि संघ, संस्था एवं क्लवका प्रतिनिधिहरुलाई आमन्त्रण गरी छलफल गर्ने सम्बन्धमा ।
    ४) बैंक वित्तिय संस्थाहरु संचालन व्यवस्थापन सम्बन्धमा ।
    ५) विविध

    निर्णयहरुः–
    निर्णय नं.१
    नगरस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको मिति २०७८।०१।०७ को बैठकबाट भएका निर्णयहरु कार्यान्वयनका सम्बन्धमा समिक्षा गर्ने कार्य सम्पन्न गरियो ।

    निर्णय नं.२
    यस धुनिवेशी नगरपालिका वडा नं.७ स्थित मच्छिन्द्र बहुमुखी क्याम्पसको निर्माणाधिन भवनमा मिति २०७८।०२।०१ देखी २० वेड क्षमताको आइसोलेशन सेन्टर संचालनमा ल्याउने निर्णय गरियो ।

    निर्णय नं.३
    स्वास्थ्य मापदण्ड परिपालना र नयाँ भेरियन्ट सहितको कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार व्यवस्थालाई प्रभावकारी बनाई सचेतना अभिवृद्धि गर्न र आवश्यक सहयोग आदान प्रदान गर्न नगर क्षेत्रमा स्थापित भएका संघ, संस्था र क्लवका प्रतिनिधिहरुलाई आमन्त्रण गरी छलफल गर्ने निर्णय गरियो ।

    निर्णय नं. ४
    यस नगर क्षेत्रमा संचालनमा आएका बैंक वित्तिय संस्थाहरुलाई अर्को सूचना जारी नहुँदा सम्म हप्तामा दुई दिन (आइतबार र बुधबार) सेवा संचालन र प्रवाह गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरियो ।

    निर्णय नं. ५
    विविध–१
    कोरोना भाईरस (कोभिड–१९) को संक्रमण भएको आशंका भएका विरामीहरुको विवरण संकलन गरी निजहरुलाई नजिकको स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्न स्वास्थ्यकर्मीहरुको मोवाईल नम्वर उपलब्ध गराउन सरोकारवाला सबैमा अनुरोध गर्ने निर्णय गरियो ।

    विविध–२
    अर्को सूचना जारी नहुँदासम्म नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुँदै आएको अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरुलाई स्थगित गरि न्यून कर्मचारी मार्फत आलोपालोमा नियमित रुपमा अत्यावश्यक सेवा मात्र प्रवाह हुने व्यवस्था मिलाउने निर्णय गरियो ।

    विविध–३
    जथाभावी रुपमा राष्ट्रिय राजमार्गको दायाँ वायाँ गाडी पार्किङ गर्ने व्यवस्थामा रोक लगाउने र उक्त कार्यका लागि आवश्यक भूमिका निर्वाह गर्न ईलाका प्रहरी कार्यालय र नगर प्रहरीलाई संयुक्त रुपमा परिचालन हुन जानकारी गराउने निर्णय गरियो ।

    विविध–४
    अन्यत्र स्थानबाट यस नगर क्षेत्रमा आएका व्यक्तिहरुको विवरण संकलन गर्ने÷यस कार्यका लागि सबै सरोकारवाला व्यक्तिहरुले प्राप्त गरेको सूचना एवं जानकारी स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, वडा कार्यालय एवं नगरपालिकामा जानकारी गराउन अनुरोध गर्ने निर्णय गरियो ।

    विविध–५
    मेडिकल शिक्षा उत्तिर्ण गरेका यस नगर क्षेत्रमा बसोबास गर्ने कोरोना भाइरस नियन्त्रण एवं रोकथामको कार्यमा सहयोग एवं सहकार्य गर्न इच्छुक जनशक्तिसँग समन्वय गरी निजहरुलाई आवश्यकता अनुसार परिचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरियो ।

    विविध–६
    प्रभावकारी रुपमा कारोना भाइरस नियन्त्रण एवं रोकथामको कार्यमा सहयोग पु¥याउन जनचेतनामूलक सन्देशहरु प्रवाह गरी व्यापक रुपमा प्रचार प्रसार गर्ने निर्णय गरियो ।

    विविध–७
    नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गैरहेको सन्दर्भमा विपद् व्यवस्थापन समितिको पटक–पटक बैठक बस्नुपर्ने अवस्था छ । संक्रमणको दर अझै बढ्न गई विपद् व्यवस्थापन समितिको पूर्ण वैठक बस्न नसक्ने अवस्था उत्पन्न भएको खण्डमा अत्यावश्यक निर्णयहरु गरी आवश्यक उपायहरु अपनाउन कोरोना विपद् व्यवस्थापन समितिको अधिकार नगर प्रमुखले प्रयोग गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - ०९:२०:४९ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology