आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आजको राशिफल ।। ज्येष्ठ १ गते शनिबार

आजको राशिफल ।। ज्येष्ठ १ गते शनिबार

नागरिक पाटी

१, जेठ २०७८
  • 7.5K
    SHARES
  • आजको राशिफल ।। ज्येष्ठ १ गते शनिबार

    ज्यो. हरि पन्त

    images

    आजको पञ्चाङ्ग

    आज मिति २०७८ ज्येष्ठ १ गते शनिबार, इस्वीसंवत मे १५ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको चतुर्थी तिथि रहनेछ । आज मृगशिरा, विष्कुम्भादि योगमा धृति, करणमा वणिज, आनन्दादि योगमा वज्र रहनेछ ।

    सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३३ घटि ३९ पला अर्थात १३ घण्टा २८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १७ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४५ मिनेटमा हुनेछ । आज अन्तर्राष्ट्रिय परिवार दिवस ।

    आजको राशिफल

    मेष : मेष राशि भएकाहरूका आज आम्दानीमा कुनै कमि हुनेवाला छैन । स्वास्थ्य रामै्रै रहने छ । नाम चल्ने काममा लगानी गर्ने दिन छ । घरमा नया“ मित्र भेट, नया“ कार्यको थालनी हुनेछ भने आज पश्चिम दिशाको यात्रामा कुनै पनि काम बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

    वृष : वृष राशि भएकाहरूका लागि आज समय अत्यन्तै खराब छ । मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था रहनेछ । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । धार्मिक, शैक्षिक क्षेत्रमा लगानी गर्दा राम्रो हुनेछ कसैले दिएको खाने कुरा पनि नखानुहोला ।

    मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि राम्रो छ । स्वास्थ्य पनि राम्रै रहनेछ । धार्मिक, सामाजिक काममा लाग्न पाइनेछ, लाग्दा राम्रो हुनेछ । घरमा कुनै धार्मिक कार्यक्रम गरने सम्भावना पनि त्यत्तिकै रहेको छ । मानसिक शान्ति, आरामको अनुभव हुनेछ । विद्यार्थीवर्गलाई भने आज मध्यम रहेको छ । धार्मिक पुस्तक व्यवसाय क्षेत्रमा संलग्न हुनुहुन्छ आज सफल रहेको छ ।

    कर्कट : आज कर्कट राशिका लागि आज समय खराव रहनेछ । जे काम गर्दा पनि सफलता मिल्ने छैन । एक्कासी स्वास्थ्यले धोका दिन सक्छ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिस“ग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । हरेक कार्यमा सतर्क हुनुपर्ने देखिन्छ ।

    सिंह : आज सिंह राशि आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नया“ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसंग सम्पर्क बढ्ने दिन पािन आज रहेको छ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जीत हुनेछ । समग्रमा समय राम्रा छने, भरपूर उपयाृग गर्नुहोला । उत्तर दिशाको यात्रा पनि फलदायी हुनेछ ।

    कन्या : कन्या राशि भएकाहरूका लागि आज भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आ“टेका काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु उपयुक्त छैन । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । टाढाको यात्रामा निस्कनु पनि उपयक्त छैन ।

    तुला : तुला राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछैन । मनमा त्रास, शड्ढा, असन्तोष जस्तो अनुभव भै रहनेछ । उठ्नुपर्ने पैसा नउठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ आज सकभर पश्चिम यात्रा नगर्नु नै राम्रो, यदि गर्नैपर्ने भएमा उत्तर दिशाको यात्रा बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु उचित देखिंदैन । पानीबाट विशेष सतर्क हुनुहोला ।

    वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नया“ पेशाको थालनीका लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।

    धनु : धनु राशिका लागि आज पनि समय राम्रै रहनेछ । स्वास्थ्य राम्रो, धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् । नया“ काम पाउने सम्भावना रहेको छ । जोश, जा“गर बढ्नुका साथै समयले राम्रो साथ दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । धार्मिक कार्य गर्नु भएका आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।

    मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । व्यापार व्यवसाय एवं विदेश विभाग सोचे जस्तै हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैस“ग पाइनेछ । नया“ वस्तु किन्ने अवसर पनि नमिल भन्न सकिन्न ।

    कुम्भ : कुम्भ राशिका लागि आज समय खराब नै रहनेछ । पश्चिम दिशाको यात्रामा झन्झट, घरमा अनावश्यक कलह मच्चिन सक्ने हुनाले सतर्क रहनु होला । अरूको लहैलहैमा लाग्दा प्रहरीको फन्दामा पनि पर्न सकिने सम्भावना छ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, कुनै अप्रिय समाचार सुन्नुपर्ने समय पनि चल्दै रहेकाले सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ ।

    मीन : मीन राशि भएकाहरूका लागि आज समय खराब रहनेछन् । सरकारी काम बन्ने छैन । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोला । आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । त्यसैले आफन्तकहाँ सकभर नजानुहोला । आज जे काम गर्नुहुन्छ होयिारी पूर्वक गर्नुहोला ।

    साइत : आज चन्द्रमा वृष राशिमा छन् । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

    आजको शुभ लाभादि बेला

    बिहान ५ः१६ बजेदेखि ६ः५७ बजेसम्म काल बेला
    बिहान ६ः५७ बजेदेखि ८ः३८ बजेसम्म शुभ बेला
    बिहान ८ः३८ बजेदेखि १०ः१९ बजेसम्म रोग बेला
    बिहान १०ः१९ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
    बिहान १२ः०० बजेदेखि १ः४१ बजेसम्म चर बेला
    दिनमा १ः४१ बजेदेखि ३ः२२ बजेसम्म लाभ बेला
    दिनमा ३ः२२ बजेदेखि ५ः०३ बजेसम्म अमृत बेला
    दिउँसो ५ः०३ बजेदेखि ६ः४४ बजेसम्म काल बेला

    यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

    राहुकाल समय स् बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

    (नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - ०७:२८:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology