काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सामान्य अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा १० कम्पनीको सर्किट लेबलमा कारोबार भएको हो । यस दिन चन्द्रागिरि हिल्स कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।
यस दिन कम्पनीको शेयरमूल्यमा १३ रुपैयाँले गिरावट आएको हो । यस दिन चन्द्रागिरि हिल्स कम्पनीको शेयर १३ रुपैयाँले घटेर प्रतिकित्ता १८२५ रुपैयाँमा रहेको छ ।
लामो समय सकारात्मक सर्किट लाग्दै कम्पनीको शेयरमूल्य तीन हजार पुगेको हो । पछिल्ला दिनहरुमा कम्पनीको शेयरमा लगातार गिरावट देखिएको छ ।
हालै कम्पनीले प्रकासन गरेको वित्तीय विवरणले कम्पनीको मुनाफा घटेको देखाएको छ । अभै कम्पनीले केही वर्ष लाभांश दिन नसक्ने दखिन्छ ।