आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिबेशीका २ जनाको कोरोना सँक्रमणका कारण मृत्यु

धुनिबेशीका २ जनाको कोरोना सँक्रमणका कारण मृत्यु

नागरिक पाटी

४, जेठ २०७८
  • 8.8K
    SHARES
  • धुनिबेशीका २ जनाको कोरोना सँक्रमणका कारण मृत्यु

    धार्के । धादिङको धुनिबेशीमा कोरोना सँक्रमणका कारण २ जनाको मृत्यु भएको छ । धुनिबेशी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ३ र वडा नम्बर ८ का पुरुषको कोरोना सँक्रमणका कारण मृत्यु भएको हो । यो सहित धादिङमा मँगलबार ५ जनाको मृत्यु भएको छ ।

    images

    स्वास्थ्य कार्यालय धादिङका अनुसार धुनिबेसी नगरपालिकामा २ जना पुरुष सहित निलकण्ठ नगरपालिकामा २ जना पुरुष र सिद्धलेक गाउँपालिकामा १ जना पुरुष गरि ५ जनाको मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सँख्या ३३ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप १३७ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार धुनिबेसी नगरपालिकामा ७, गल्छी गाउँपालिकामा २९, गजुरी गाउँपालिकामा २, बेनिघाट रोराङ्ग गाँउपालिकमा १, ज्वालामुखीमा गाउँपालिकामा ३८, गंगाजमुना गाउपालिकामा १, नेत्रावती गाउपालिकामा २४ र धादिङ्ग अस्पतालमा २४ पोजिटिभ केश देखिएको छ। यसैगरी जिल्ला बाहिरको पोजिटिभको संख्या ११ रहेको छ ।

    मँगलबार डिस्चार्ज हुनेको संख्या भने ३१ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला भित्र ८८२ र जिल्ला बाहिर २८८ गरेर धादिङ्गको जम्मा सक्रिय केश ११७० पुगेको छ । जिल्ला भित्र हस्पिटल आसोलेसनमा १७, संस्थागत आइसोलेसन धुनिबेसिमा १, गल्छीमा २, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा ५, गजुरीमा ५, बेनिघाट रोराङ्गमा ६, गंगाजमुनामा २ जना रहेका छन् भने जिल्ला भित्र होम आइसोलेसनमा ८४१ रहेका छन्। त्यसैगरी जिल्ला बाहिर हस्पिटल तथा संस्थागत आइसोलेसनमा २६ र होम आइसोलेसनमा २६२ जना रहेका छन् ।

    धुनिबेसी नगरपालिकामा १६, गल्छी गाउपालिकामा ७८, गजुरी गाउपालिकामा १०, रुबिभ्याली गाउपालिकामा ९ र गंगाजमुना गाउपालिकामा ३६ गरि आज जिल्ला भित्र १४९ स्वाब संकलन भएको जनाईएको छ ।

    dhading update corona.png

    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १९:०४:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology