सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

“ओलीले राजनीति होइन, अपराध गर्दै छन्” : संयोजक पाण्डे

“ओलीले राजनीति होइन, अपराध गर्दै छन्” : संयोजक पाण्डे

नागरिक पाटी

१३, जेठ २०७८
  • 6.6K
    SHARES
  • “ओलीले राजनीति होइन, अपराध गर्दै छन्” : संयोजक पाण्डे

    काठमाण्डौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफ्नो सामजिक संजालमा प्रधानमन्त्री केपी ओलीले राजनीति होइन अपराध गरेको बताएका छन्। उनले आफ्नो फेसबुक पेज मा लेख्दै केपी ओलीलाई धुन्धुकारीको संज्ञा समेत दिएका छन्।

    images

    उनले लेखेका छन्, "आज यो स्थिति आउनुमा, लोकतन्त्र धरापमा पर्नुमा नेपाली काँग्रेस, माओवादी, माधव नेपाल पक्ष र अन्य पुराना पार्टीरपक्षहरू पनि उत्तिकै दोषी छन्। तर पनि, यो लोकतन्त्रलाई ट्र्याकमा ल्याउन यो लडाइँमा हामी सबैले प्रतिपक्षलाई साथ दिनुपर्छ। बजारमा केपी ओलीले क्या खत्रा राजनीति गरे भन्ने सुनियो। आदरणीय युवा साथीहरू, राजनीति यस्तो हुँदैन है। नागरिकको भलो नगर्ने वा लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि नेताको कुनै पनि कदम राजनीति होइन। ओलीले गर्दै गरेका यी हर्कतहरु त अपराध हुन्। महामारीको मौका छोपेर गरिएको अपराध। सत्ता प्राप्तिका लागी गरिएको अपराध।"

    साथै, उनले केपी ओलीले हजारौँ नागरिकको बलिदानबाट बनेको संविधानलाई जसरी बारम्बार कुल्चेको, मिचेको र अब त्यो क्षम्य नहुने समेत बताएका छन्। उनले केपी ओलीले राष्ट्रपतिकै दुरुपयोग गरेर देशलाई विगत एक वर्षदेखि बन्धक बनाउन खोजिरहेको आरोप समेत लगाएका छन्।

    उनले प्रश्न गरेका छन्( ू लोकतन्त्र मजाक वा सनकको विषय हो रु के हजारौँ नागरिकको बलिदानले प्राप्त संविधान ओलीको पेवा हो रु नागरिक कोरोनाले मरिरहेका छन्। भोकले मरिरहेका छन्। अनि, ओली सरकार आफ्नो सत्ता स्वार्थको लागी जे मन लाग्यो त्यही गरिरहेका छन्। ू

    उनले केपी ओलीले अब यो कदम सदर गराएर सत्ता कब्जा गर्न लागेको समेत बताएका छन्। संविधान विफल बनाउने र, लामो समय राज गर्ने ओली को दाउ रहेको समेत बताएका छन्।

    उनले केपी ओलीले निर्वाचन नगर्ने बताउदै भनेका छन्, "निर्वाचन ? ए तपाई अझै, निर्वाचनको भ्रममा हुनुहुन्छ ? निर्वाचन तपाईँको अनि मेरो बोल्ती बन्द गर्नको लागी रचिएको प्रपञ्च हो। झुक्किएर निर्वाचन भएछ नै भने पनि यिनले गराउने निर्वाचन कस्तो होला। आफै सोच्नुहोला।"

    उनले केपी ओलीको यो धुन्धुकारी प्रवृत्ति विरुद्ध सबै मिलेर लड्न आवहान गर्दै नेपाली समाजको डिएनए लोकतन्त्रवादी रहेको र धेरै प्रयास हुँदा पनि राणा-राजाले समेत लोकतन्त्रलाई ढलाउन नसकेको इतिहास स्मरण गराएका छन्।

    उनले अन्त्यमा लेखेका छन्, "ओली ब्रो, रोग र भोकबाट प्रताडित नागरिकले तिमीलाई माफ गर्ने छैनन्। यो तिम्रो अपराधको हिसाब किताब राखिनेछ। फेरी ‘तिमी’ भने भनेर गुनासो चाही नगर्नु नि। तिमी पनि ‘तिमी’ कै लायक छौ।"

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - १२:३८:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology