सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा आज एकैदिन साढे १४ अर्ब माथिको कारोबार

शेयर बजारमा आज एकैदिन साढे १४ अर्ब माथिको कारोबार

नागरिक पाटी

१३, जेठ २०७८
  • 8.6K
    SHARES
  • शेयर बजारमा आज एकैदिन साढे १४ अर्ब माथिको कारोबार
    images

    धादिङ । नेपालको शेयर कारोबार रकममा फेरि अर्को कीर्तिमान बनेको छ । आज बिहीवार अहिलेसम्मकै धेरै १४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि जेठ १० गते सबैभन्दा धेरै १३ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

    images

    बिहीवार चार करोड १८ लाख कित्ता शेयर किनबेच भएका छन्, यो पनि एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै कित्ताको रेकर्ड हो । कारोबार रकमले नयाँ रेकर्ड बनाएको दिन नेप्से भने सामान्य घटेको छ । नेप्से एक दशमलव २० अङ्कले घटेर २८ सय १५ दशमलव ४० विन्दुमा पुगेको छ ।

    सबैजसो लघुवित्त कम्पनीको शेयर घटेको छ । लघुवित्त समूहको शेयर घटे पनि जलविद्युत् समूहको शेयर भने उकालो लागेको छ । २० वटा जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशतका दरले बढेको छ । अपि पावर कम्पनीको ४३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - १६:२१:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology