सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

दैनिक रुपमा किन उर्लिदैँछ सेयर बजार ?

दैनिक रुपमा किन उर्लिदैँछ सेयर बजार ?

नागरिक पाटी

१४, जेठ २०७८
  • 8.2K
    SHARES
  • दैनिक रुपमा किन उर्लिदैँछ सेयर बजार ?
    images

    काठमाडौं । विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट देश आक्रान्त छ। निषेधाज्ञाले अर्थतन्त्र ठप्प छ। राजनीतिक स्थिरता झन् भड्किएको छ। यस्तो अवस्थामा सेयर बजार भने निरन्तर उकालो लागिरहेको छ। बिहीबार मात्रै १५ अर्ब रुपैयाँको कारोबार भएको छ।

    images

    नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार आठरनौवटा कारणले पछिल्लो समयमा निरन्तर सेयर बजार उर्लिएको हो। साथै, यसको भविष्य राम्रो भएकाले अझै निरन्तर बढ्ने उनको आँकलन छ। कोभिडको समयमा सबै जना घरमा बसी अनलाइनबाट कारोबार गर्ने भएकाले सेयरबजारमा कोभिडको प्रभाव नपरेको अध्यक्ष रौनियारले बताए। उनका अनुसार ३६ लाखले डिम्याट खाता भरेका छन्।

    त्यसमध्ये ६ लाखले अनलाइनबाट काम गर्छन्। विदेशबाट पनि लगानी भइरहेकाले पछिल्लो समयमा निरन्तर सेयर बजार माथि गइरहेको छ। ‘गृहणीदेखि विद्यार्थीसम्म डिम्याट खोल्ने आईपीओ भर्दै विस्तारै सेकेन्डरी मार्केटमा जान्छन्’, उनले भने, ‘रेमिट्यान्ससमेत बढेकाले सेयर कारोबार बढ्न सघाउ पुगेको छ।’

    नेपालमा मात्र नभई पुँजी बजार संसारमै बढेको छ। विश्लेषकहरूले अझ बढ्ने बताएका छन्। चौथो त्रैमासिकमा नाफा बढ्ने देखिएकाले बढी बोनस पाउने आशामा लगानीकर्ता हौसिएका छन्। सेयर किन्दा ९ महिनामा ब्याज तिरेको हुन्छ। एक क्वाटरको ब्याज तिरे १ वर्षको बोनस पाइने भएकाले पछिल्लो समयमा सेयर बजार कारोबार गर्ने बढेका छन्।

    धेरै मानिसले पुँजी बजारबारे राम्रो जानकारी राख्नुका साथै अर्थतन्त्रको मेरुदण्ड भएकाले पनि धेरैको आकर्षण बन्न पुगेको छ। ‘अर्थमन्त्री को आयो, राजनीतिक घटनाक्रम के भयो, राष्ट्र बैंकले के सर्कुलर निकाल्यो भन्ने गौण विषय हुन्’, उनले भने, ‘यसले क्षणिक प्रभाव पारे पनि सेयर बजारमा खासै फरक पर्दैन।’

    वैदेशिक रोजगारीमा गएका ६० लाख श्रमिकले बचाएको पैसा पनि सेयर मार्केटमा आएको लगानीकर्ताहरू बताउँछन्। सेयरमा धेरै लगानी कोरियाबाट भइरहेको छ। आईपीओमा अनलाइनबाट मात्रै १० खर्ब रुपैयाँ भरिएको छ। बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजमा ऋण पाइने भएपछि धेरै लगानीकर्ता सेयर बजारमा हौसिएका छन्। बैंकले यसमा ८ प्रतिशतमै ऋण दिइरहेका छन्। ‘बैंकमा तरलता प्रशस्त छ। बेसरेट पनि कम भएको र ब्याज पनि सस्तो भएकाले ऋण लिएर पुँजी बजारमा लगानी गरिरहेका छन्।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - ०७:४९:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology